January 9, 2021
नुवाकोट, २५ पुष नेपाली कांग्रेसको देशभरको प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरूद्ध विरोध गर्ने कार्यक्रम अन्तर्गत नुवाकोटको ४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन भएको हो। नेपाली कांग्रेस नुवाकोटले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जिल्लाको चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (क) को तादी गाउँपालिकाको खरानिटारमा, क्षेत्र नम्बर १ (ख) को छहरेस्थित नाटेश्वरी होटेल एण्ड लजको प्राङ्गणमा, क्षेत्र नम्बर २ (क) को देविघाटमा र २ (ख) को बिदुरको कोलोनीमा केन्द्रीय नेताहरुको नेतृत्वमा विरोध प्रदर्शन गरेको हो। विरोधसभाको कोणसभामा बोलेका अधिकांश नेताहरूले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर आफ्नो निरंकुश चरित्र उजागर गरेको आरोप लगाएका थिए।
प्रधानमन्त्री ओलीको यो असंवैधानिक कदम मुलुकका लागि घातक साबित हुने समेत उनीहरूले बताएका थिए। नेपाली कांग्रेसको माघ ३ गते देशभरकै ७५३ वटै स्थानीय तह र माघ ८ गते देशभरका ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस पन्चकन्या गाउँपालिकाका कार्यबाहक सभापती माधवप्रसाद खनालले जानकारी दिए ।
Avoid these common mistakes to get the best insurance for your needs on your minimum budget. Saving money makes sense. And shopping when looking for insurance is a great way to do it. Simply reducing […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd
We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.