May 27, 2020
नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जना रहेका छन् ।
संक्रमित मध्ये १८३ जना निको भएर घर फर्किइसकेका छन् ।
मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २ सय ८७ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५८ हजार २ सय ७७ परीक्षणहरु गरिएका छन् ।
बुधबारको अपडेटमा क्वारेन्टाइनमा ७० हजार ३ सय ५ जना रहेका छन् ।
हालसम्म आइसोलेसनमा देशभरी ६९९ जना रहेका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।
What Is Ebola Virus? Ebola is a viral hemorrhagic (bleeding) illness that has a high fatality rate. The virus was discovered in 1976 near the Ebola River in the present-day Democratic Republic of Congo. There […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd