navbar brand

Article

23 Mar 2023, Thu
  • Applications
    Dictionary
    Quiz
    Converter
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

आज थपिए 232 संक्रमित, संक्रमितको संख्या 3235, थप 2 को मृत्यु, मृतक संख्या 13 पुग्यो

June 6, 2020

नेपालमा शनिबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा संक्रमितकाे संख्या तीन हजार दुई सय २३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले बताए । डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा तीन सय २३ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये दुई सय ८६ पुरुष र ३७ महिला छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मोरङ सुनवर्सी र बुद्धिगंगा गाउँपालिकाका १८ र २३ वर्षीय दुई पुरुषमा र सुनसरी भोक्राहाका चार जना मध्ये २४ र ३५ वर्षीया महिला, ३८ र ३५ वर्षीय पुरुष छन् । 

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको छ । उनी सप्तरीका ५० वर्षीय पुरुष छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षण्मा ३ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबै नवलपरासी विनयत्रिवेणीस्थित क्वारेन्टाइनमा बस्दै आएका हुन् ।

यस्तै भेरी अस्पतालमा गरिएका परीक्षण्मा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमध्ये बाँकेका १२ जना, २३ र ४१ वर्षीया महिला र चार बर्षीय बालकसहित ३८ वर्ष उमेर समूहका पुरुषहरु छन् । उनीहरु नेपालगन्ज, बैजनाथ र खजुराका बासिन्दा छन् । बर्दियाको राजापुर, मधुवन गुलरीया, भदैयाताल, बासघारीका २८ जना छन् ।  

प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु कास्की रुपा–५ र ७ का, पोखरा–२७ को क्वारेन्टाइनमा रहेका व्यक्तिहरु छन् । डा. देवकोटाका अनुसार धरानास्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण्मा आठ जनाको पोजेटिभ रिर्पोट आएको छ । उनीहरु मध्ये सुनसरी धरानका एक जना, सप्तरी बालनविहुल गाउँपालिकाका सात जना छन् ।

यस्तै सेती अस्पतालमा गरिएको परीक्षण्मा १३ जनाको पोजेटिभ आएको छ । बझाङ खप्तडछान्नाका तीन जना क्वारेन्टाइनमा रहेका र ६ जनामा छन् । कन्चनपुर महाकाली एक जना, हाल कन्चनपुरमै रहेका काठमाडौंका स्थाइ बासिन्दा २ जनामा पनि कोरोना पुष्टि भएको छ । अछाम मंगलसैनस्थित क्वारेन्टाइनमा बसेका एक जनामा पोजेटिभ आएको छ । कैलाली धनगढी र गोदावरीको क्वारेन्टाइनमा रहेका दुई जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । डडेल्धुरा नवदुर्गाका एक महिलामा पनि कोरोना देखिएको डा. देवकोटाले बताए ।   

कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण्मा ४४ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमध्ये दैलेख महाबुका ४३ जना छन् । उनीहरु मध्ये १८ महिने बालिकादेखि ६० वर्षीया महिलासम्म छन् । यस्तै पाँच वर्षीय बालकादेखि ४९ वर्षीय पुरुषसम्म छन् । यस्तै डोल्पा जगदुल्लाका ५८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।  

सुर्खेत प्रादेशिक अस्पताल पशुपन्छि रोग अन्वेषण प्रयोगशालमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको छ । दैलेख दुल्लुका सात जना, सुर्खेत पञ्चपुरीका १० जना, जाजारकोटा भेरीनगरपालिका र बारेकोट नगरपालिकाका चारजना, सल्यानका ३८ जना छन् । यस्तै रुपेन्देही प्रदेशिक अस्पताल जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा १७ जनामा कोरोना पुष्टि भएको छ ।

अर्घाखाँचीका एक जना, कपिलवस्तुस्थित क्वारेन्टाइनमा रहेका ११ जना, नवलपरासीका दुई जना छन् । रुपन्देही रोहीणी र सुद्धोदनका तीन जना छन् ।

यस्तै, राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एक सय २० जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु मध्ये भक्तपुर कमलविनायकका एक जना, धनुषा देउपुरास्थित क्वारेन्टाइनमा बसेका आठ जना, कपिलबस्तु महाराजगन्जका ७१ जना, काठमाडौ महानगरपालिकाका चार जना, महोत्तरीको गौशाला, मठिहानी, जलेश्वर, सोनामास्थित क्वारेन्टाइनमा रहेका ३५ जना छन् । रौतहट विश्वनाथका ६ जना, सर्लाही रामनगर र इश्वरपुरका २७ जना छन् । 

डा. देवकोटाका अनुसार संक्रमित मध्ये तीन हजार तीन जना पुरुष छन् भने दुई सय ३२ महिला छन् । हालसम्म देशभरका ७० जिल्लामा कोरोना संक्रमण देखिइसकेको छ । यस्तै  शनिवारसम्ममा तीन सय ६५ जना कोरोनामुक्त भइ अस्पतलाबाट डिस्चार्ज भएका छन् । त्यसमध्ये प्रदेश १ बाट ७९, प्रदेश २ बाट एक सय ३३, बागमती प्रदेशबाट ३२, गण्डकी प्रदेशबाट तीन, प्रदेश ५ बाट ९६, कर्णाली प्रदेशबाट नौ र सूदुरपश्चिम प्रदेशबाट १३ जना छन् । 

डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको मृत्युपछि पिसिआर जाँच गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

डोल्पाका पुरुष दमको रोगी रहेको उनले जानकारी दिए । उनकाे २१ जेठमा मृत्यु भएकाे थियाे ।

त्यसैगरी धनगढीकी महिला सेती अस्पतालमा २३ जेठमा डायलाइसिस गराउन आएकी र मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उनको मृत्युपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको देवकोटाले बताए । ‘डायलाइसिस गराउन आउँदा कोरोनाको कुनै लक्षण उहाँमा थिएन,’ उनले भने, ‘परीक्षण गर्दा भने संक्रमण पुष्टि भयो ।’

by Pathshala Nepal

Related Articles

A newfound exoplanet may be the exposed core of a gas giant

A planet about 734 light-years away appears to be missing most of its atmosphere A dense, scorched planet around a faraway star may be the naked core of a gas giant. Satellite and Earth-based telescope […]

ramos News
थप ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो
admin Health
काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रम हुन सक्ने आशंका।
admin News
कोभिड-१९ का लागी स्वास्थ्य संस्थाहरु- Nepal
ramos Health
के हामीले Mask लगाउँन जरुरी छ ? हामीले मास्क कैले लगाउनु पर्छ ?
ramos Health

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Upcoming MCQs

MCQ Online Exam

Computer Fundamental Multiple Choice Questions Exam Free

  • 2022-03-20 12:45
  • 60 Mins
  • 12 Enrolled
  • 25 Full Marks
  • 10 Pass Makrs
  • 25 Questions

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd