April 14, 2020
बर्षौ देखि नेपाल र भारत को सीमा नाका खुल्ला रहदै आएको छ जसका कारण नेपाल-भारत सीमाना ओहोर दोहोर रोक्न निकै कठिन भएको छ। कोरोना भाइरस को त्रास बढ्दै गएपछि नाका बन्द गरेको भनिए पनि नेपाल भारत सीमामा रहेका चोर बाटा हरुले यो बन्दलाइ निरर्थक बनैदिओएको छ। यसले गर्दा त्याँहाका स्थानीय प्रसासन हैरान छन्। नेपाल र भारतले एक अर्का देशका नागरिक जो जहाँ छन्, त्यहीँ राख्ने र त्यसको व्यवस्था त्यही देशको सरकारले गर्ने सहमति भएको छ । दुवै देशका नाकामा कोही रोकिएका छन् भने कोही आ–आफ्नै ठाउँमा रोकिएका छन् तर खुला सीमाका कारण लुकीछिपी एक अर्काको देशमा ओहोरदोहोर भइरहेको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खुला सीमाका कारण सीमा क्षेत्रमा आवतजावत नियन्त्रण गर्न अलि कठिन भएको बत(ाउनुभयो । उहाँले भन्नुभयो, ‘‘दुई देशबीच सीमा खुला भएका कारण को आए ? को गए ? त्यसको कुनै तथ्याङ्क हुँदैन, मान्छे पहिचान गर्नमा समस्या भएको छ, यद्यपि सुरक्षा निकायबाट ‘स्क्रिनिङ’ र ‘ट्राफिकिङ’ गर्ने काम भइरहेको छ ।’’
प्रदेश २ को पर्सा जिल्लामा भेटिएका तीन जना कोरोना सङ्क्रमणका कारण सीमा क्षेत्रमा त्रास उत्पन्न भएको छ । सङ्क्रमित तीनै जना भारतीय नागरिक हुन् । गत मार्चमा भारतको दिल्लीमा सम्पन्न तब्लिगी जमात (मुस्लिम समुदायको प्रचारप्रसार गर्ने) कार्यक्रमपछि थुप्रै मुस्लिम नेपाल भित्रिएका कारण सीमा क्षेत्रमा झन् समस्या भएको छ । जमातबाट नेपालका मात्र होइन, विभिन्न देशका मुस्लिम नेपाल छिरेका छन् । उनीहरू नेपालको विभिन्न मदरसा र आफन्तको घरमा लुकीछिपी बसेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अघिकारी सूर्यबहादुर खत्रीले पनि खुला सीमाका कारण नेपाल–भारतबाट आउजाउ गर्न अलि गाह्रो भएको बताउनुभयो । नाकाहरू पूरै सिलबन्दी छ तर थुप्रै यस्ता अनौपचारिक मार्ग छन् जहाँबाट लुकीछिपी आउने गरेको उहाँले बताउनुभयो ।
यद्यपि नाकाबाट छिर्न नदिन पूरापूर प्रयास भइरहेको छ, त्यसका लागि सीमा नाकाहरूमा सुरक्षाकर्मी तैनाथ रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘महोत्तरी जिल्लामा एक जना पनि जमाती फेला परेका छैनन्, खोज्नका लागि स्थानीय जनताले सहयोग गर्नुपर्ने तर हालसम्म त्यस्तो सूचना आएको छैन । यद्यपि खोज्ने कार्य जारी छ ।’’
नेपालमा आज थप तीन सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd
We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.