navbar brand

Article

13 Aug 2022, Sat
  • Pathshal Apps Shortcuts
    राशिफल
    Quiz
    Converter
    Dictionary
    Facebook Apps
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • Gk Quiz

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

आजबाट आधा ग्यास भरिएको सिलिण्डर बजारमा, पुरा ग्यास भएको सिलिण्डरमा प्रतिबन्ध

March 29, 2020

नेपाल आयल निगमले ग्यासको बढ्दो मागलाई सम्बोधन गर्न आइतबार दिउँसो १ बजेबाट पुरा ग्यास (१४.२) भरिएको सिलिण्डर बिक्रीमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धपछि आइतबारदेखी आधा ग्यास (७.१ किलोग्राम) भएको सिलिण्डर मात्र प्रचलनमा ल्याउँदै छ ।

Gas_notice_Nepal-Goverment
Gas_notice_Nepal-Goverment

लकडाउनपछि भारतबाटै कम ग्यास आयात भएको र नेपालमा माग ह्वात्तै बढेको बेला सबैको पहुँचमा ग्यास पुर्‍याउन सिलिण्डरमा आधा परिमाण मात्र भरेर राख्न निगमले तीन दिनअघि नै उद्योगीलाई निर्देशन दिइसकेको थियो । 

शनिबार साँझ एक सूचना जारी गरी निगमले सबै बिक्रेताहरुलाई आइतबार दिउँसो १ बजेबाट पूरा ग्यास भरिएको सिलिण्डर बिक्री नगर्न निर्देशन दिएको हो । यसअघि आएको पुरा ग्यास भरिएको सिलिण्डर मौज्दात भए सम्बन्धित उद्योगमा फिर्ता गर्न पनि निगमले निर्देशन दिएको छ ।

निगम प्रवक्ता बिनितमणी उपाध्यायले जारी गरेको सूचनामा भनिएको छ, ‘ग्यास बिक्रेता/डिस्ट्रीब्यूटरकहाँ मौज्दातमा भएको १४.२ किलोग्राम ग्यास भरिएको सिलिण्डर २०७६–१२–१६ गते दिनको १ बजेसम्म बिक्री गरिसक्नुपर्ने तथा सो ग्यास बिक्री नभएको अवस्थामा सम्बन्धित ग्यास उद्योगमा फिर्ता पठाइसक्नुपर्नेछ । २०७६–१२–१६ को १ बजे पछाडी १४.२ किलोग्रामको सिलिण्डर बिक्रेता/डिस्ट्रीब्यूटरकहाँ मौज्दात रहेको पाइएमा निजहरुलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।’

निगमको सूचनाअनुसार पहाडी जिल्लामा तत्काल कार्यान्वयन गर्न समस्या भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीको निर्देशन अनुसार ग्यास बिक्री गर्नुपर्नेछ । यस्तै निगमले एउटा ब्राण्डको सिलिण्डर लगेर अर्को उद्योगले भरी बजारमा पठाउन पनि आग्रह गरेको छ । तर, यो व्यवस्था लागू गर्न उद्योगी सहमत छैनन् । आफ्नो उद्योगमा अरु कुनै ब्राण्डको सिलिण्डरमा ग्यास भरेर कुन डिलरकहाँ पठाउने भन्ने अन्यौल रहेको उद्योगीहरुको तर्क छ ।

‘आफ्नो उद्योगमा अरुको सिलिण्डरमा ग्यास भरेर पठाउने भन्ने हुँदैन’ एक उद्योगीले भने, ‘यसो भइहालेछ भने कसको डिलरकहाँ ग्यास दिने ? किनभने यहाँ प्रत्येक ग्यासका फरक फरक डिलर छन् ।’ ग्यास आयात भने बिस्तारै खुम्चिदै गएको छ । शनिबार १८ बुलेट ग्यास बीरगञ्ज नाकाबाट पास भएका छन् । यो नाकाबाट आउने अधिकांश बुलेट काठमाडौं उपत्यकामा उपलब्ध ग्यास कम्पनीका हुन् । शुक्रबार भने ३० बुलेट ग्यास आएको थियो ।

निर्णय आजबाट कार्यान्वयन

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल आयल निगमले आधा ग्यास भरिएका सिलिण्डर बजारमा ल्याउने निर्णय आजबाट कार्यान्वयन गर्दैछन् । चार बर्षअघि भारतले नाकाबन्दी लगाएका बेला यसरी नै आधा ग्यास भरिएको सिलिण्डर बिक्री गरेर आपूर्ती सहज पार्ने प्रयत्न भएको थियो ।

त्यतिखेर पहिलो पटक प्रयोग गरिएको यो जुक्तीले धेरै उपभोक्ताकहाँ ग्यास पुर्‍याउन सरकार सफल भएको थियो । अहिले आपूर्ती नियमित भएपनि माग बढेर बजारमा अभाव देखिन थालेपछि सरकारले आधा परिमाण ग्यास भरिएको सिलिण्डर बजारमा ल्याउने निर्णय लिएको हो । यो निर्णयले घरमा आवश्यकता भन्दा बढी ग्यास सिलिण्डर मौज्दात गर्ने उपभोक्ताको संख्या घट्ने र बास्तविक पीडित उपभोक्तालाई राहत मिल्ने सरकारको अपेक्षा छ ।

आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बजारमा देखिएको अभावलाई हटाउन आधा ग्यास भरिएको  सिलिण्डर प्रचलनमा ल्याउने निर्णय भएको बताए । ‘अहिले ग्यास आयातमा समस्या छैन तर बजारमा जति ग्यास पठाएपनि अभाव टार्न पनि सकिएको छैन’ पौडेलले भने, ‘उपभोक्ताको मनमा देखिएको ग्यास अभावलाई हटाउन मात्र आधा ग्यास भरिएको सिलिण्डर प्रयोगमा ल्याउन लागेका हौं । यो व्यवस्थापछि ग्यास भरिएको सिलिण्डर होल्ड गर्न चाहने उपभोक्ताहरु खरिदका लागि नआउने र बास्तविक पीडित उपभोक्ताहरु मात्र ग्यास खोज्दै आउने हाम्रो विश्वास छ ।’

सरकारको निर्देशनपछि उद्योगीहरुले आधा परिमाणमा ग्यास भर्न थालेका छन् । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सरकारको निर्देशनअनुसार कारोबार गर्न प्रतिबद्ध रहेको बताए । ‘सरकारले आधा ग्यास भरिएको सिलिण्डर मात्र बजारमा पठाउनु भन्ने निर्देशन दिएको छ, सोहीअनुसार ग्यास भरेर सिलिण्डर बजारमा पठाउन हामी लागिपरेका छौं’ उनले भने । बजारमा प्रत्येक दिन १ लाख सिलिण्डर खपत भइरहेको उनले बताए । 

उपभोक्ता मर्कामा

आधा ग्यास भरिएको सिलिण्डर बजारमा आउने भएपछि उपभोक्ताहरु भने खिन्न छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सरकारी निकायबाट बिषम परिस्थितिमा सबै उपभोक्ताकहाँ ग्यास पुर्‍याउन पहलकदमी लिनु जायज भएको बताए ।  तर, आधा ग्यास भरिएको सिलिण्डर खरिद गर्दा उपभोक्ता ठगिने उनको बुझाई छ । ‘आधा ग्यास भरिएको सिलिण्डर लिन र ल्याउन उत्तिकै मेहनत पर्छ । लाइन नबसी अहिले पाउने स्थिति पनि छैन’ उनले भने, ‘ग्यासका लागि समान दु:ख गरेपनि आधा मात्र पाउने हुँदा उपभोक्ताले दु:ख पाउँछन् ।’

अर्कातिर उपभोक्ताले खाली गरेर पठाएको सिलिण्डरमा आधादेखी एक किलोसम्म ग्यास पिँधमा रहने गर्छ । पुरा ग्यास भएको सिलिण्डर र आधा ग्यास भएको सिलिण्डरको पिँधमा स्टक रहने ग्यासको परिमाण उति नै हुन्छ । 

त्यसैले उपभोक्ताको घरको चुल्होले तान्न नसकेको करिब १ किलो ग्यास फिर्ता जाँदा उपभोक्तालाई घाटा हुन्छ । पुरा ग्यास भरिएकोमा करिब १ केजी ग्यास बाल्न नसकी फिर्ता जान्थ्यो तर आधा ग्यास भरिएको सिलिण्डरमा पनि त्यति नै ग्यास फिर्ता जाँदा उद्योगमा एक सिलिण्डर बापत झण्डै २ किलो ग्यास उपभोक्ताले नबाली फिर्ता लैजान्छन् ।

आधा परिमाणमात्र भरिएको ग्यास सिलिण्डर बाल्दा छिटो सकिने पनि तिमल्सिनाको भनाई छ । ‘जति ग्यास छ, त्यतिको मात्र पैसा तिर्नुपर्ने भएपनि आधा ग्यास भरिएको सिलिण्डर बाल्दा तुलनात्मक रुपमा छिटो सकिन्छ । यसबाट उपभोक्ताहरु थप मर्कामा पर्ने देखिन्छ’ तिमिल्सिनाले भने । 

by Ramos Sapkota

Related Articles

संक्रमितकाे संख्या १५ हजार नाघ्याे, शुक्रबार थपिए सात सय ४० संक्रमित

पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणमा सात सय ४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले कुल संक्रमितकाे संख्या १५ हजार दुई सय ५९ […]

admin Health
विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा भर्चुअल विधिबाट लिनेसक्ने
ramos Education
गैरजिम्मेवार एन्फा – कोरोना भाइरसको त्रासबीच निरन्तर प्रतियोगिता
admin News
Corona virus Death Toll
ramos Health
बलात्कार आरोपी सांसद होली मनाउन एसपीको कार्यकक्षमा
ramos News

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • effect of gravitation
  • force
  • force due to gravity
  • forces between object
  • Gravitational force
  • Gravity
  • intermolecular force
  • human resource development
  • biological aspect of health
  • NEB2076SETB
  • newton's ring experiment
  • wavelength

Donate Sell your used books

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd


Ads ad-300x250
Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.

Refresh
Powered By
Best Wordpress Adblock Detecting Plugin | CHP Adblock