May 24, 2020
सोमबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै मन्त्रीपरिषद्ले नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको जानकारी ट्विट गरेका थिए । त्यसलाई रि–ट्विट गर्दै अभिनेत्री मनिषा कोइरालाले लेखिन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा राख्नु भएकोमा धन्यवाद । अब हामीले तीन महान राष्ट्रबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको अपेक्षा राखेका छौं ।’
शुक्रबार बिहानसम्म १५ हजार बढी लाइक, चार हजार एक सय ८० पटक रि–ट्विट भइसकेको यही अभिव्यक्तिका कारण मनिषा अहिले चर्चामा आएकी हुन् । रिप्लाईमा धेरै भारतीयले उनको आलोचना गरेका छन् भने नेपालीहरूले आफ्नो भूमिको समर्थनमा बोलेकी मनिषाप्रति भारतीयले गरिरहेको आलोचना खेदजनक रहेको टिप्पणी गरेका छन् ।
‘कृपया नेपाली फिल्म इन्डष्ट्रीमै जानुस् र पैसा कमाउनुस्,’ मनिषाको रि–ट्विटमा रिप्लाई गर्दै एक भारतीयले लेखेका छन् । ‘तपाईं नेपालको अवैध नक्साको समर्थन गरिरहनुभएको छ ताकि तपाई यस्तो मुद्दामा तपाईंलाई पहिचान दिलाउने भारतको समर्थन गर्न सक्नुहुन्थ्यो । भारतीय फिल्म उद्योगले तपाईंलाई धेरै नाम र दाम थियो, त्यसको बदला तपाईंले यसरी चुकाउनुभयो,’ अर्का भारतीयले ट्विटरमा जवाफ दिएका छन् । ट्विटरमा भारतीय प्रयोगकर्ताले मनिषाविरुद्ध बहिष्कार अभियान नै चलाएका छन् ।
मनिषाविरुद्ध यो विरोधको श्रृंखला सामाजिक सञ्जालमा मात्रै सीमित छैन, भारतीय संचारमाध्यमसमेत यसमा सक्रिय देखिन्छन् । भारतीय टेलिभिजन एबिपीले समाचारको पर्दामा उनीविरुद्धआरोप लगाएको छ– ‘भारतको खाने, चीनको गाउने ?’
‘भारतमा चर्चित अभिनेत्री मनिषाले विवादित नक्साप्रति नेपालको पक्ष लिँदै नेपालको दाबीलाई सही ठहर गरेकी छिन्,’ एबिपीले भनेको छ, ‘भारतको खान्छिन्, अनि चीनको गाउँछिन् । नेपाली नागरिक मनिषालाई भारतले नै स्टारडम दियो, उनले जेजति हासिल गरिन्, भारतकै कारण गरिन् । ’
चीनकै इशारामा मनिषाले यो अभिनय गरिरहेको समेत यो टेलिभिजनले आरोप लगाएको छ ।
भारतले कब्जा गरेको नेपाली भूमिसम्बन्धि समाचारहरू यसअघि पनि मनिषाले रि–ट्विट गर्दै आइरहेकी थिइन् । रि–ट्विटबारे आलोचना सुरु भएपछि पनि उनले पूर्व राजा ज्ञानेन्द्रको एक ट्विट रि–ट्विट गरिनन् । ट्विटमा लेखिएका थियो, ‘आफ्नो मातृभूमिको सम्पूर्ण भू–भागसहितको नक्सा विश्वसामु प्रस्तुत गर्न सराहनीय कार्य हो । नक्सामा समावेश भू–भागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो । यसमा कसैद्वारा बाधा आए अन्तराष्ट्रिय स्तरमा जानुपर्दछ ।’
केही दिनअघिमात्रै पत्रकार चन्द्र किशोरले नेपाल म्यागजिनको ‘कसले पो सुनिदेला कालापानीवासीको मर्का’ रिपोर्ट सेयर गर्दै लेखेका थिए, ‘सीमा मिचियो भनेर काठमाडौंमा सबै चर्काचर्की गर्छन् । यहाँ कोही आउँदैनन् । सीमाका सच्चा पहरेदार स्थानीयवासीका लागि भने सरकारले के गऱ्यो ? ’
उनको यो कमेन्टलाई समेत मनिषाले रि–ट्विट गरेकी थिइन् । तर, नेपालको नयाँ नक्सा जारी भएपछिको रि–ट्विटका कारण भने भारतीय ट्विटर प्रयोगकर्ता र भारतीय मिडिया उनीविरुद्ध खनिएका छन् । तर, नेपाली प्रयोगकर्ता भने मनिषाको यो टिप्पणीलाई स्वाभाविक रूपमा लिँदै उनको प्रशंसा गरिरहेका छन् । साथै एबिपी च्यानलको आरोपप्रति कडा आपत्ति जनाएका छन् ।
‘तपाईं हेर्नुस्, आफ्नो देशको पक्षमा बोल्दा मनिषा कोइरालालाई भारतीय मिडियाले कसरी सरापिरहेको छ ? यो अब नेपाल–भारत सीमाको मुद्दामात्रै रहेन, आफ्नो शत–प्रतिशत भारतीय फिल्म उद्योगमा समर्पित गरेकी एक महिलाको सम्मानको विषय पनि रह्यो,’ वर्षा मल्लले मनिषाको समर्थनमा ट्विट गरेकी छिन् ।
मनिषाको समर्थनमा नेपाली कलाकारसमेत उत्रिएका छन् । अभिनेता निर शाहले लेखेका छन्, ‘मनिषाजी, तपाईंलाई बारम्बार आफ्नो राष्ट्रप्रति सम्मान र प्रेम दर्शाउनुभएको छ । हामी तपाईंको भावनाको कदर गर्छौ, हामी तपाईसँगै छौं ।’
त्यस्तै कलाकार नीता ढुंगाना, दीपकराज गिरी, विल्सनविक्रम राई, आस्था राउत, निशा अधिकारीलगायतले मनिषाको समर्थनमा लेखेका छन् । ‘हे भगवान, खाते भारतका हे, गाते चीनका रे, काम जहाँ गरेपनि आफू जन्मेको देशलाई कसले समर्थन गर्दैन, धेरै नभुके हुन्छ भारत– लिपुलेक र कालापानी नेपालकै हो र हामी नेपालकै हो । ठिक गर्नुभयो, मनिषा कोइराला’, अभिनेत्री नीता ढुंगानाले फेसबुकमा लेखेकी छिन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मनिषाको समर्थन गर्दै लखेका छन्, ‘भारतीय संचारमाध्यम एबिपी न्यूजको पीत–पत्रकारिता ।’
सन् १९८९ मा नेपाली फिल्म ‘फेरि भेटौंला’बाट अभिनय यात्रा थालेकी मनिषा भारतीय फिल्म उद्योग बलिउडमा स्थापित अभिनेत्री हुन् । सन् १९९१ म ‘सौदागर’ फिल्मबाट बलिउडमा पाइला टेकेकी मनिषाले तीन दर्जन बढी भारतीय फिल्ममा अभिनय गरेकी छिन् । ‘दिल से’, ‘गुुप्त’, ‘बम्बे’, ‘खामोशी–द म्यूजिकल’ आदि उनी अभिनित रुचाइएका फिल्म हुन् । पछिल्लो पटक उनी नेटफ्लिक्सको फिल्म ‘मस्का’मा देखिएकी थिइन् ।
नेपालको राजनीतिक परिवारमा हुुर्किएकी मनिषा बिपी कोइरालाकी नातिनी हुन् । राजनीतिप्रति चासो राख्ने उनी राजनीतिक मुद्दाप्रति सामाजिक सञ्जालमा टिप्पणी गरिरहेकी हुन्छिन् । पछिल्लो समय चर्चामा रहेको एमसिसीको मुद्दामा समेत उनी सक्रिय टिप्पणी गरिरहेकी थिइन् ।
केही वर्षअघि उनका पिता प्रकाश कोइरालाले मिडियासँगको कुराकानीमा मनिषा अब राजनीतिमा प्रवेश हुुने खुुलासा गरेका थिए । तर, मनिषाले भने राजनीति नगर्ने बताउँदै आइरहेकी छिन् । केही समयअघि यो संवाददातासँगको भेटमा उनको राजनीति प्रवेशबारे प्रश्न गर्दा भनेकी थिइन्, ‘म कलाकार हुँ, राजनीति गर्न सक्दिनँ । म कलामा रमाउने मान्छे । राजनीतिमा रुचि छैन ।
Source: https://saptahik.com.np/
Health is an important issue in context of Nepal. Compared to developed countries around the globe Nepal
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd