March 17, 2020
ब्राजिलियन फुटबल टोली ग्रेमियोका खेलाडी गत आइतबार एक घरेलु प्रतिस्पर्धामा ‘मास्क’ लगाएरै मैदानमा छिरे । उनीहरू कोरोना भाइरस संक्रमणको डरले होइन, त्रास बढ्दै जाँदा पनि सरकारले प्रतियोगिता स्थगित नगरेको विरोधमा मास्क लगाएर मैदानमा छिरेका थिए । ग्रेमियोका खेलाडीको त्यो कदमपछि ब्राजिलियन शीर्ष डिभिजनको अर्काे टोली फ्लेमिंगोका प्रशिक्षक जर्ज जिससले भनेका छन्, ‘खेलाडी सुपर ह्युमन हैनन्, उनीहरूको सुरक्षामा ख्याल गर्नुपर्छ ।’ कोरोना भाइरस संक्रमणबाट बच्न अहिले विश्व नै सतर्क छ ।
नेपालमै पनि सरकारले भिडभाड हुने कुनै पनि भेला नगर्न र त्यस्ता ठाउँमा नजान आग्रह गरेको छ । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफूमातहतका सबै संघलाई कुनै पनि प्रतियोगिता आयोजना नगर्न निर्देशन दिइसकेको छ । तर, राखेपमातहतकै अखिल नेपाल फुटबल संघ (एन्फा) भने निर्देशनविपरीत निरन्तर प्रतियोगिता आयोजना गरिरहेको छ, जसले ठूलो जोखिमको संकेत गरेको छ । एन्फाले ११ फागुनबाट सुरु भएको सहिद स्मारक बी डिभिजन लिगलाई अझै निरन्तरता दिइरहेको छ । सोमबारसम्म पनि दर्शककै उपस्थितिमा दुई खेल सञ्चालन भए । यो प्रतियोगिता चैतको अन्तिम सातासम्म चल्नेछ ।
त्यसलगत्तै सहिद स्मारक सी डिभिजन लिग सुरु गर्ने एन्फाले घोषणा गरेको छ । यो निर्णयबाट एन्फा थप गैरजिम्मेवार देखिएको छ । एन्फाले गत मंगलबार क्लबहरूसँग छलफल गरी २८ चैतबाट सी डिभिजन लिग सुरु गर्ने भन्दै तयारी थाल्न दबाबपूर्ण निर्देशन दिएको छ । एन्फाको यो निर्णयले खेलाडी र दर्शकको स्वास्थ्यमाथि ठूलो जोखिम त निम्त्याएको छ नै, क्लबहरूमाथि आर्थिक भार पनि थपिन सक्ने देखिएको छ । सी डिभिजनका कुनै पनि टोलीसँग आफ्नो खेलाडी छैन ।
ए डिभिजनकै क्लबले प्रायोजक पाउन मुस्किल रहेको अवस्थामा सी डिभिजनका टोलीले खेलाडी किन्न र प्रतियोगिताको तयारी गर्न एन्फाले दिने सामान्य तयारी खर्चमै भर पर्नुपर्ने हुन्छ । ‘प्रतियोगिता खेल्न तयार हुँदा कोरोना भाइरसको त्रास त छँदै छ, धेरै अभिभावकले यही त्रासले खेलाडी पठाउँदैनन्,’ एक क्लबका पदाधिकारी भन्छन्, ‘यो अवस्थाले प्रतियोगिता हुने निश्चित पनि छैन । बीचमा रोक्नैपर्ने अवस्था आए वा प्रतियोगिता लम्बिए हामीले धान्न नसक्ने खर्च हुन्छ । गोजीको पैसाले क्लब चलाउनुपर्ने अवस्थामा त्यो खर्च कसरी बेहोर्नु ?’
राखेप भने एन्फाले प्रतियोगिता रोक्ने तर्क गर्छ । ‘कुनै संकट नआओस् भन्ने उद्देश्यले नै राखेपले सबै प्रतियोगिता रोक्न आफूमातहतका संघहरूलाई निर्देशन दिइसकेको छ । एन्फाले खेलाडी वा दर्शक कसैको पनि जीवन जोखिममा पार्न सक्दैन । त्यसैले एन्फाले राखेपको यो निर्देशनको अवज्ञा गर्न मिल्दैन,’ राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले नयाँ पत्रिकासँग भने, ‘राखेपले एन्फालाई फेरि निर्देशन दिन्छ, प्रतियोगिता रोकिन्छ ।’
नेपालमा अहिले नै कोरोना संक्रमण देखिएको छैन । तर, सरकारले आफ्ना नागरिकलाई त्यही जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले नै यो सतर्कता अपनाएको हो । तर, एन्फाले त्यो निर्देशनविपरीत नियमित प्रतियोगिताको आयोजना गर्दै आएको छ । एन्फाले राखेपले निर्देशन दिएकै दिन मोफसलमा सुरु हुन बाँकी प्रतियोगिता स्थगित गर्न आफ्ना जिल्ला संघहरूलाई निर्देशन दिएको थियो । विश्व फुटबल महासंघ (फिफा) र एसियन फुटबल महासंघ (एएफसी)को प्रस्तावमा विश्वकप र एसियाकप छनोटका खेल पनि अहिलेलाई स्थगित गर्न तयार भएको छ । काठमाडौंमा भने एन्फा आफैँले प्रतियोगिताको आयोजनालाई निरन्तरता दिइरहेको छ ।
नेपालमा फेरी १० जना नया कोरोना सङ्क्रमण देखिएको छ। जसमा १ जना पर्सा र बाकी ९ जना Nepaljungका हुन्।
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd