navbar brand

Article

29 Mar 2023, Wed
  • Applications
    Dictionary
    Quiz
    Converter
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves

महिनावारी भएको कति दिनमा गर्भ बस्छ ?

May 24, 2020

म ३० वर्षीय व्यक्ति हुँ । विवाह गरेको आठ महिना भयो, तर आजसम्म श्रीमतीसँग कुनै अस्थायी साधन प्रयोग नगरी सम्पर्क गरिरहेको छु । जहिले पनि स्खलन हुने बेलामा लिंग बाहिर निकाल्छु, तर निकाल्दा एकदम गार्हो हुन्छ, निकाल्न मनै लाग्दैन । श्रीमतीलाई कुनै औषधि प्रयोग गरूँभन्दा असर हुन्छ, पछि बच्चा नरहन सक्छ भनेर मान्दिनन् । त्यसैले तपाईंसँग सल्लाह लिन चाहन्छु । कुन औषधि प्रयोग गर्दा राम्रो होला ? अनि महिनावारी भएको कति–कति दिनमा गर्भ रहन सक्छ ? महिनावारी भएदेखि कुन–कुन दिनमा चाहिँ ढुक्कसाथ सम्पर्क गर्न सकिन्छ ? कृपया स्पष्ट पारिदिनुहोला ।

डी.के. –३७८४

बाह्य स्खलन 

तपाईंलाई थाहै होला, महिलामा महिनामा एकपल्ट मात्र डिम्ब निष्कासन हुन्छ । गर्भ रहन पुरुषबाट आएको शुक्रकीट र डिम्बको मिलन जरुरी हुन्छ । त्यसैले वीर्य स्खलन योनिभित्रै भएको स्थितिमा पनि डिम्ब निष्कासनको समयसँग मिल्नु आवश्यक छ ।

गर्भ नरहोस् भनेर लिंग झिक्ने अर्थात् बाह्य स्खलन विधि विशेष गरेर किशोर–किशोरी तथा युवा–युवतीमाझ प्रायः अपनाइने उपायमध्ये एक हो । वीर्य स्खलन हुनु ठीक अघि लिंग योनिबाट झिक्ने यो विधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि प्रभावकारी तरिकाले अवलम्बन गर्न भने गार्हो हुन्छ । अब वीर्य स्खलन हुनै लाग्यो भनेर (Point of No Return) पुगेको राम्ररी थाहा नपाउँदा लिंग झिक्न ढिलो भइनिस्केको वीर्य योनिभित्रै वा योनिक्षेत्रमा लाग्न सक्छ । यसले प्रभावकारिता कम त हुने नै भयो, फेरि तपाईंले भन्नुभएजस्तै वीर्य स्खलनको त्यो बेलामा लिंगलाई सक्दो योनिमै राख्न मन लाग्ने हुनाले यसलाई निकाल्न एक हदसम्म असजिलो नै हुन्छ । यस्तो क्रियालाई अंग्रेजीमा Coitus Interruptus भनिन्छ । ग्रिक भाषामा Coitus को अर्थ यौनसम्पर्क र Interruptus को अर्थ रोक्नु भन्ने हुन्छ । यौनसम्पर्कको त्यो उत्कर्षमा पुग्ने बेलामा रोक्न मन नलाग्नुमा स्वाभाविकता छ । 

विभिन्न अध्ययनले १५ देखि २५ प्रतिशतसम्म गर्भ रोक्न नसकेको Failure Rate अवस्था देखाएको छ । यसले गर्भ रहने सम्भावना केही कम गरे पनि यौनरोग तथा एचआईभी सर्न भने सक्छ । गर्भ तथा यौनरोग तथा एचआईभी दुवैबाट बच्न कन्डमका साथै अरू प्रभावकारी गर्भनिरोधका उपायको प्रयोग पनि आवश्यक छ । 

गर्भनिरोधको कुरा 

विवाहित जीवनमा यौनसम्पर्क पर्याप्त मात्रामा गरिने भएकाले गर्भ नरहोस् भन्नाका लागि भरपर्दो गर्भनिरोधको उपाय अपनाउनु नै श्रेयष्कर हुन्छ । छोटो समयका लागि गर्भनिरोध चाहिएमा कन्डम, खाने चक्की तथा तीन महिने सुई निकै प्रभावकारी उपायहरू हुन् । कपर–टी र नरप्लान्ट केही लामो समयका लागि उपयुक्त साधन हुन् । यी साधनको प्रयोग सुरु गर्नुअघि परिवार नियोजन सेवा केन्द्र, प्रजनन स्वास्थ्यका सेवा केन्द्र वा अस्पतालबाट यी साधनको प्रयोगका बारेमा राम्रोसँग परामर्श लिनु राम्रो हुन्छ । सो गर्दा साधनहरूका बारेमा विस्तृत रूपमा थाहा हुने मात्र होइन, कुन साधन आफूलाई सबैभन्दा उपयुक्त हुन्छ, आफैंले रोज्न पाइन्छ । अरूले तपाईंका लागि यो साधन प्रयोग गर्नुहोस् भनेर सल्लाह दिनु उपयुक्त मानिँदैन, किनकि यो कुरा प्रयोग गर्ने व्यक्तिको रोजाइमा भर पर्ने गर्छ । 

गर्भनिरोधका प्रत्येक साधनका केही असर हुने भए पनि ती सामान्य किसिमका हुन्छन् र बिस्तारै कम भएर जान्छन् । प्रयोगमा अभ्यस्त भएपछि सो चासोको विषय पनि बन्दैनन् । यहाँ तपाईंले निर्धक्क यौनआनन्द प्राप्त गर्न जुन सहयोग पाउनुहुन्छ त्यसको महत्व धेरै नै छ । अर्को कुरा, गर्भनिरोधका अस्थायी साधनको प्रयोग गर्न बन्द गरेपछि फेरि गर्भ नरहने भन्ने कुरामा कुनै सत्यता छैन । तपाईंले परामर्श लिन जाँदा थाहा पाउनु हुनेछ कि यी साधन सही तरिकाले प्रयोग गरिएको हुनुपर्छ, नत्र गर्भ रहन सक्नेबारेमा सचेत गराउँछौं । स्थायी बन्ध्याकरणको हकमा मात्रै हामी पुनः गर्भ नरहने कुरा गर्छाैं । 

गर्भ नरहने सुरक्षित समय कुन होला ? 

सामान्यः रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्केको बेलामा हुनु जरुरी छ । डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुने गर्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ । 

यसै सन्दर्भमा महत्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्केको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । डिम्ब निस्केको यस्तै २४ घण्टा वा सोभन्दा केही बढीसम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिले असुरक्षित काल मानिन्छ । महिनावारी ठीक २८ दिनमा नभई ढिलो–चाँडो हुन्छ भने ६ महिनासम्मको महिनावारीका दिनहरूलाई विचार गर्नुपर्छ । 

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने २४–१८= ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१–११= २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा हुन्छ । माथिको हिसाबबाट तपाईंले पक्कै पनि के जवाफ पाइसक्नुभएको छ ।

by Pathshala Nepal

Related Articles

अस्ट्रेलियामा थप ६ नेपालीमा कोरोना संक्रमण पुष्टि

अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा ६ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सिड्नीमा चार जना र मेलवर्नमा दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दूतावासलाई […]

ramos Health
An AI that mimics how mammals smell recognizes scents better than other AI
ramos News
Eight Unexpected Things That Harm Your Brain
bipinapoudel Health
संक्रमितको संख्या 6211 पुग्यो, एकैदिन थपिए 451 संक्रमित
admin Health
आयोजकले जित्यो पहिलो यू–१९ द्विदिवसीय क्रिकेट
admin News

Trending Articles

How to draw a Human skull with labeling?

The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]

admin Articles
Child Rights in Nepal
bipinapoudel Articles
Why should we choose “Doctor” as a career?
bipinapoudel Articles
Five common mistakes to avoid for getting the best insurance for your needs on your minimum budget
bipinapoudel Articles
Importance of Women Education in the Rural Area of Nepal
bipinapoudel Articles

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Upcoming MCQs

MCQ Online Exam

Computer Fundamental Multiple Choice Questions Exam Free

  • 2022-03-20 12:45
  • 60 Mins
  • 12 Enrolled
  • 25 Full Marks
  • 10 Pass Makrs
  • 25 Questions

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd