March 29, 2020
काठमाडौं उपत्यकामा तरकारी आपूर्ति गर्दै आएको उपत्यकाकै ठूलो कालिमाटी फलफूल तथा तरकारी बजारमा भारतीय तरकारीको प्रवेश रोक लगाइने भएको छ ।
भारतमा बढ्दो क्रममा रहेको कोरोना संक्रमणले नेपालमा पार्न सक्ने सम्भावित जोखिमबाट जोगिन कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले भारतीय तरकारी नबेच्ने निर्णय गरेको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले मंगलबारदेखि लागू हुने गरी कालिमाटी बजारमा भारतीय तरकारी नलिने निर्णय गरेको जानकारी दिए ।
‘सम्भावित जोखिम कम गर्ने उद्देश्यले कालिमाटी बजारमा भारतीय तरकारी नलिने निर्णय गरेका हौँ,’ उनले भने, ‘लकडाउन अवधिभर यो निर्णय कायम रहन्छ । उनीहरूले अन्तै बाहिरतिर बिक्री गर्लान् ।’
समितिले आइतबार निर्णय गर्दै तरकारीको थोक बिक्री र खुद्रा बिक्रीको समय पनि तोकेको छ ।
कालिमाटी बजारमा हुने भिडभाडलाई कम गर्ने उद्देश्यले समितिले आइतबार उक्त निर्णय गरेको हो ।
समितिका अनुसार कालिमाटी बजारमा तरकारीको थोक बिक्री राति २ बजेदेखि बिहान ७ बजेसम्म र खुद्रा बिक्री बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ ।
‘बढी भिडभाड हुने गरेको छ, त्यो भिडभाडलाई निरुत्साहित गर्न खोजिएको हो, अन्य केही होइन,’ निर्देशक पौडेलले भने ।
Coronavirus(COVID-19)को संक्रमण ततो र सापेक्षिक आर्द्रता बढी भएको ठाउँमा पनि सर्न सक्छ ? From the evidence so far, the COVID-19 virus can be transmitted in ALL AREAS, including areas with hot and humid weather. Regardless […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd