May 28, 2020
कोरोना भाइरस संक्रमणबाट बुधबार राति ललितपुर जिल्लाका एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित पत्रकार सम्मेलनमा पछिल्लाे मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अस्पतालमा उपचाररत विरामीको १२ जेठमा स्वाब संकलन गरिएको र १४ गते मृत्यु भएको जानकारी दिए ।
त्यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या बिहीबार एक हजार ४२ पुगेको छ । बिहीबार एकै दिन १ सय ५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
बिहीबार विभिन्न प्रयोगशालामा गरीएको परीक्षणमा थप भएका संक्रमितमा सप्तरीका १४, झापाका २५ , नवलपुरका १, धनुषाका २९, महोत्तरीका १७, रौतहटका २०, सर्लाहीका ७, सिरहाका ६, दोलखाका २, सोलुखुम्बुका २, बझाङको १, स्याङ्जा ३, दार्चुला १, कैलाली २, मकवानपुर १, बर्दीया ३ र बाँकेको १, सुर्खेतमा १३ र दैलेखमा ८ जना रहेको देवकोटाले जानकारी दिए । याेसँगै संक्रमित हुने जिल्लाकाे संख्या ५१ पुगेकाे छ ।
देवकोटाका अनुसार हालसम्म प्रदेश १ मा १२९, प्रदेश २ मा ४१५, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा १७, प्रदेश ५ मा ३६९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा २१ जना संक्रमित भएको बताए ।
त्यसैगरी १ सय ८७ जना भने निकाे भएर घर फर्केकाे मन्त्रालायले जनाएकाे छ ।
Because of the country’s assorted culture and amicable climate, numerous worldwide understudies rush to Australia. Concentrating in Australia and getting an examination license is calm for some global understudies. In spite of the fact that […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd