March 8, 2021
काठमाडौँ — काठमाडौं उपत्यकामा बर्डफ्लु देखिएपछि अहिले धेरै मानिसमा कुखुराको मासु खाने की नखाने भन्नेमा अन्योल देखिन्छ । माघ १७ गते पशु सेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्लेखोला, फुटुङमा बर्डफ्लु देखिएको पुष्टि गरेको थियो।
चिकित्सकहरुका अनुसार बर्डफ्लु लागेको अवस्थामा मासु खान डराउनु पर्दैन । विश्व स्वास्थ्य संगठनले पनि कुखुरालगायत अन्य पशुपंक्षीको मासु राम्ररी पकाएर खाँदा सुरक्षित हुने बताउँछ । संगठनका अनुसार हालसम्म मासु खाएर यो भाइरस सरेको भन्ने प्रमाणहरु फेला परेका छैनन् ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार यस्तो अवस्थामा मासु ढुक्क भएर खान सकिन्छ तर राम्ररी पकाएको हुनुपर्छ । डा. पुन भन्छन्,‘ ७० डिग्री सेल्सियस भन्दामाथि पाक्यो भने मासुमा भएको भाइरस नष्ट हुन्छन् यसबाट जोखिम हुँदैन । राम्ररी पाकेको मासु भित्र रातो देखिँदैन । मासु खाँदा उमालेको सबैभन्दा राम्रो हुन्छ । पोलेको मासु खाँदा पनि राम्ररी भित्रैसम्म पकायो भने जोखिम गराउँदैन ।’ उनले हालको अवस्थामा भने हाफ बोइल्ड अण्डा भन्दा पनि राम्ररी उमालेको अण्डा खान सुझाए ।
डा. पुनले पशुपंक्षीको हेरचाह गर्ने किसान तथा ओसारपसार गर्ने मानिस, पंक्षीको बजारमा बेच्ने मानिस, खरिद गर्ने ,मासु काट्ने मानिसमा यो भाइरसको जोखिम रहने बताउँछन् । मुख्यतः यो भाइरसबाट बच्न सरसफाइ एकदमै जरुरी हुने उनको भनाइ छ ।
फाइल फोटो : बर्डफ्लु भाइरस
यो भाइरस पंक्षीबाट मानिसमा सर्ने भनेतापनि मानिस मानिसबाट सर्छ भन्ने देखिएको छैन तर सजग हुनुपर्ने हुन्छ । उनी बर्डफ्लु लागेमा रुघाखोकी तथा ज्वरोको लक्षणहरु देखिन सक्ने बताउँछन् । पशुपंक्षीको र्याल, सुली, प्वाखबाट यो रोग सर्न सक्ने हुन्छ ।
एक विज्ञप्तीमार्फत स्वास्थ्य सेवा विभागले पंक्षीहरुसँग काम गर्नु परेमा आवश्यक व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउन र बर्डफ्लु देखिएका क्षेत्र तथा स्थान वरपर रुघाखोकी लक्षण भएका व्यक्तिहरुसँग सावधानी अपनाउन आग्रह गरेको छ ।
नेपालमा पहिलो पटक सन् २००९ मा घरेलु पंक्षीमा बर्डफ्लु देखापरेको थियो । सन् २०१९ मा यस भाइरसको कारण पहिलो पटक २१ वर्षीय युवकको मृत्यु भएको थियो ।
It may feel odd to be thinking ahead to the next potential pandemic when the world is far from finished with the current one. But reports of a newly identified swine influenza virus that shows […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd