रेसुङ्गा कुन जिल्लामा पर्दछ?
लम्जुङ्ग
रसुवा
ललितपुर
गुल्मी
Option D
समुन्द्र सतहदेखि १७०० मिटर उचाइमा ३४ सय हेक्टरमा फैलिएको रेसुङ्गा क्षेत्र गुल्मी जिल्लाका एघार गाविसमा पर्छ। प्राचीन युगमा ऋष्यशृंग ऋषि (जसले अयोध्याका राजा दशरथको सन्तान नजन्मेपछि पुत्रेष्ठी महायज्ञ गराएका थिए । र बल्ल भगवान राम लगायतका उहाँका भाइहरु जन्मनुभएको थियो ) ले तपस्या गरेको कारण यसको नाम रेसुङ्गा रहन गयको विश्वास गरिन्छ । सिद्धबाबा, विष्णु, शिव, गणेशलगायतका विभिन्न देवीदेवताका मन्दिरले पनि यो ठाउँको धार्मिक महत्वलाई बढाएका छन्। यहाँ भगवान राम र लक्ष्मण पनि ऋष्यशृंग ऋषिको दर्शन गर्न आएर यहाँ के को समस्या छ भनि सोध्दा पानीको समस्या ऋषिले बताएपछि आफ्नो धनुबाणले हानेर पानी निकालीदिएको रामकुवा पनि छ ।
रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजीकमा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरी, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमाल देखिन्छन्। सूर्यास्तको बेला धवलागिरीको छायाँ त रेसुङ्गामै पर्दछ। चिसो हावापानी, घना वन र जैविक विविधताले त्यत्तिकै आकर्षित गर्छ। यो क्षेत्रको भ्रमणका लागि मङ्सिरदेखि वैशाखसम्मको समय उपुक्त मानिन्छ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd