Site icon Pathshala Nepal

नेपालमा संक्रमितकाे संख्या एक हजार ४२,संक्रमणबाट मृत्यु हुनेकाे संख्या पाँच

Online Calculator

कोरोना भाइरस संक्रमणबाट बुधबार राति ललितपुर जिल्लाका एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित पत्रकार सम्मेलनमा पछिल्लाे मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अस्पतालमा उपचाररत विरामीको १२ जेठमा स्वाब संकलन गरिएको र १४ गते मृत्यु भएको जानकारी दिए ।

त्यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या बिहीबार एक हजार ४२ पुगेको छ । बिहीबार एकै दिन १ सय ५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

बिहीबार विभिन्न प्रयोगशालामा गरीएको परीक्षणमा थप भएका संक्रमितमा सप्तरीका १४, झापाका २५ , नवलपुरका १, धनुषाका २९, महोत्तरीका १७, रौतहटका २०, सर्लाहीका ७, सिरहाका ६, दोलखाका २, सोलुखुम्बुका २, बझाङको १, स्याङ्जा ३, दार्चुला १, कैलाली २, मकवानपुर १, बर्दीया ३ र बाँकेको १, सुर्खेतमा १३ र दैलेखमा  ८ जना रहेको देवकोटाले जानकारी दिए । याेसँगै संक्रमित हुने जिल्लाकाे संख्या ५१ पुगेकाे छ ।

देवकोटाका अनुसार हालसम्म प्रदेश १ मा १२९, प्रदेश २ मा ४१५, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा १७, प्रदेश ५ मा ३६९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा २१ जना संक्रमित भएको बताए ।

त्यसैगरी १ सय ८७ जना भने निकाे भएर घर फर्केकाे मन्त्रालायले जनाएकाे छ ।