Site icon Pathshala Nepal

संक्रमितको संख्या 6211 पुग्यो, एकैदिन थपिए 451 संक्रमित

Online Calculator

पछिल्लो २४ घण्टामा देशभरि थप चार सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमध्ये ३५ महिला र चार सय १६ जना पुरूष रहेका छन्र । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशभर कुल संक्रमितको संख्या ६२११ पुगेको जानकारी दिए ।

त्यसैगरी आज ६७ जना निको भएर डिस्चार्ज भएका छन् । योसमेत निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार ४१ पुगेको गौतमले बताए । 

मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये पुरूष पाँच हजार सात सय ४० र महिला चार सय ७१ छन् । 

संक्रमित भेटिएकाे जिल्ला ७३ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।