Site icon Pathshala Nepal

आज 425 जना कोरोना संक्रमित थपिए, कुल संक्रमित 5760 पुगे

how to wear and remove PPE

how to wear and remove PPE

Online Calculator

पछिल्लोपटक देशमा चार सय २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएकाहरूमा तीन सय ७५ जना पुरुष ५० जना महिला रहेका छन् । 

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या पाँच हजार सात सय ६० पुगेको छ । जसमा पाँच हजार तीन सय २४ जना पुरुष र चार सय ३६ जना महिला रहेका छन् । 

देशका कुल ७७ जिल्लामध्ये ७३ जिल्लामा कोरोनाको संक्रमण फैलिन पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय ६१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । जसमा ५५ जना महिला र ६ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हालसम्म देशभर कोरोनामाथि विजयी भई नाै सय ७४ जना डिस्चार्ज भएका छन् । जसमा आठ सय ७७ जना पुरुष र ९७ जना महिला रहेका छन् ।