June 14, 2020
पछिल्लोपटक देशमा चार सय २५ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएकाहरूमा तीन सय ७५ जना पुरुष ५० जना महिला रहेका छन् ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या पाँच हजार सात सय ६० पुगेको छ । जसमा पाँच हजार तीन सय २४ जना पुरुष र चार सय ३६ जना महिला रहेका छन् ।
देशका कुल ७७ जिल्लामध्ये ७३ जिल्लामा कोरोनाको संक्रमण फैलिन पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय ६१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । जसमा ५५ जना महिला र ६ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर कोरोनामाथि विजयी भई नाै सय ७४ जना डिस्चार्ज भएका छन् । जसमा आठ सय ७७ जना पुरुष र ९७ जना महिला रहेका छन् ।
नेपाली समय अनुसार भोलि राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०२१ को नतिजा प्रकाशन हुँदैछ। नतिजा थाहा पाउन कृपया भोली जेठ २४ रातिको ०९:४५ बजेपछि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd
We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.