Site icon Pathshala Nepal

विदुर पात्रको बारेमा – न्यायको पक्ष

न्यायको पक्ष कथाका आधारमा विदुर कस्ता पात्र हुन् ?


1 Answer


यस कथाका प्रमुख पात्र विदुर अत्यन्त सरल प्रकृतिका देखिन्छन् | उनी कथाभित्र न्यायप्रेमी पात्रका रूपमा स्थापित भएका छन् | राज्यको शासनप्रणाली संचालन गर्दा राजाले सबैमा समान व्यवहार गर्नुपर्दछ, कसैलाई काखा कसैलाई पाखा गर्नुहुँदैन | यदि त्यसो गरियो भने त्यो व्यवहारलाई न्यायसङ्गत भन्न मिल्दैन | सत्य र धर्म छाड्नुहुँदैन, मानिसले न्यायको पक्ष लिनु   पर्दछ, अन्यायको होइन, ठूलो र सानो नछुट्याउने, न्यायप्रति सदैव आस्था र विश्वास राख्ने, आफ्नो कूल र वंशको इज्जत, मानमर्यादा एवम् प्रतिष्ठालाई सदा जीवन्त बनाई उच्च राख्नुपर्छ भन्ने विदुर सरल प्रवृति, स्वच्छ भावना, सदाचार, सद्व्यवहार एवम् सद्गुणका प्रतीकका रूपमा स्थापित पात्र हुन् |

Related Questions