आदर्शवादी नाटककार भिमबिधि तिवारीका रचना नेपाली समाजको यथार्थलाई चित्रण गरेको पाइन्छ | संस्कृतमा एउटा उक्ति छ, 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' अर्थात् जन्म दिने आमा र आफू जन्मिएको भूमि स्वर्गभन्दा पनि ठूला हुन्छन् | यही अर्थपूर्ण एवं मार्मिक भावलाई घरको माया एकाङ्कीले ग्रहण गरेको देखिन्छ | आर्थिक अभावका करण विदेशिएका नेपालीहरू त्यहाँ हावापानी र खाद्यपदार्थ आफ्ना अनुकुल नभएपछि विरक्तिन्छन् र आफ्नै जन्मभूमिको स्मरण गर्दछन् | आफ्नो गाउँ, इष्टमित्र, रीतिरिवाज, कलासंस्कृति जस्ता वास्तुहरूप्रतिको मोह व्यक्त गर्दछन् | उनीहरू आफ्नो पन्चेबाजा, खोलाको मीठो पानी, चौतारीको शितल हावा, आफ्ना चाडपर्व, तीर्थव्रत, पर्वमेला हरपल सम्झीरहन्छन् | विदेशी सुखसयल जतिनै भए पनि आफ्नै देशको मकै गुन्द्रुक खाएर भएपनि आफ्नै घरको छानो छाउनुपर्छ, आफ्नै माटोमा पसिना बगाउनु पर्छ, आफ्नै संस्कृतिमा रमाउनुपर्छ, आफ्नो घर बन्यो भने मात्र आफूलाई सुख हुन्छ भनी गहिरो देशप्रेम यस एकाङ्कीमा देखाइएको छ |