Site icon Pathshala Nepal

“विदुर, न्यायको पक्ष लिने एक कुशल राजनीतिज्ञ हुन्” यस भनाइको पुष्टि

"विदुर, न्यायको पक्ष लिने एक कुशल राजनीतिज्ञ हुन्" यस भनाइको पुष्टि गर्नुहोस्|


1 Answer


नेपाली साहित्य क्षेत्रको कथा र नाटक मार्फत आफ्नो नाम स्थपित गर्न सफल कथाकार बदरीनाथ भट्टराई वि.सं. १९६५ सालमा काठमाडौँमा जन्मिएका हुन् | कथाकार भट्टराईले नेपाली साहित्यलाई अनेकौँ नाटकहरू र कथाहरू लेखेर विशेष योगदान दिएका छन् | उनले नेपाली साहित्यको क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गरी वि.सं. २०५२ सालमा उनी यस धर्तीबाट अस्ताए |

   बदरीनाथ भट्टराईद्वारा लिखित प्रस्तुत 'न्यायको पक्ष' शीर्षक कथा पौराणिक ग्रन्थ महाभारतको कथावस्तुमा आधारित छ | यस कथामा कौरव र पाण्डवहरूको पारिवारिक कलह र षडयन्त्रले भरिपूर्ण भएको नैतिक, धार्मिक, राजनैतिक, कुटनैतिक आदि विभिन्न विषय वा क्षेत्रहरूको शिक्षा प्रदान गर्ने महाकाव्य हो | यसै अन्तर्गतको एक सानो अंश वा घटना यस कथामा प्रस्तुत गरिएको छ | प्रस्तुत कथाले सत्य र न्यायको पक्षमा लाग्न सबैलाई आग्रह गरेको छ |

   यस कथाका प्रमुख पात्र विदुर कौरव र पाण्डवहरूका काका हुन् | अर्को तर्फबाट भन्नुपर्दा उनी हस्तिनापुर राज्यका मन्त्री हुन् | उनको व्यक्तिगत जीवन भन्नुपर्दा उनी न्यायको पक्ष लिने एक कुशल राजनीतिज्ञ हुन् | विदुर ज्ञान र नैतिक शिक्षाका एक विशाल भण्डार हुन् | उनको य्शी नैतिक शिक्षाका कारणले उनी राजा धृतराष्ट्रका मन्त्री बनेका देखिन्छन् | विदुरमा चातुर्य पनि उतिकै थियो, राज्य संचालनका सन्दर्भमा देखिएका जस्तोसुकै समस्यालाई पनि उनी चित्तबुझ्दो तरीकाले समाधान गर्न सक्थे | राज्यभित्रका समस्याहरूदेखि लिएर राज्यबहिरका, छिमेकी तथा मित्र राज्य र राजाहरूसम्मका सबै किसिमका विषयहरूलाई अगाडि बढाउन विदुर निपुण थिए | हस्तिनापुर राज्यका राजा धृतराष्ट्र र युवराज दुर्योधन लगायतका सम्पूर्ण व्यक्तिहरू वाध्य भएर असत्य र अन्यायका पक्षमा थिए भने विदुर र पाण्डवहरू सत्य, नित्य र न्यायका पक्षमा देखिन्छन् | आफू हस्तिनापुर राज्य र राजा धृतराष्ट्रका मन्त्री भएर पनि विदुर पाण्डवहरूप्रति सहानुभूति राख्थे |

   यदि विदुर न्यायको पक्ष लिने कुशल राजनीतिज्ञ नभएका भए अरूहरूले जस्तै उनले पनि अन्यायको पक्षमा लागेर कौरवहरूलाई नै सहयोग गर्ने थिए | उनले दाजु धृतराष्ट्र र भतिजो दुर्योधनबाट गाली र बेइज्जती पनि पाउने थिएनन् र उनले देशनिकालाको सजाय पनि पाउने थिएनन् | साथै आफ्नो राज्यबाट निकालिएपछि उनी सरासर पाण्डवहरूलाई भेट्न पनि जाने थिएनन् | त्यसैले विदुरका यी सबै कार्यहरूबाट के देखिन्छ भने विदुर न्यायको पक्ष लिने एक कुशल राजनीतिज्ञ थिए |

Related Questions