Site icon Pathshala Nepal

वर्तमान युगमा यन्त्रमानवको महत्व र उपयोगिता

वर्तमान युगमा यन्त्रमानवको महत्व र उपयोगिता केकस्तो देखिन्छ ?


1 Answer


आजको युग वैज्ञानिक युग हो | विज्ञानले गरेका उन्नति र उपलब्धिलाई हामीले आत्मसात गर्नुपर्छ | प्राचीनकालदेखि वर्तमान युगसम्म  आइपुग्दा विज्ञानले शिक्षा, सन्चार, स्वास्थ्य, यातायात, कृषि, उद्योग आदिजस्ता क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको छ | यन्त्रमानवको निर्माण त मानवजीवनमा ठूलो हलचल मच्चायो | हाम्रा जीवनका सामान्य व्यावहारिक कार्यहरूदेखि लिएर अन्तरिक्षको तथा समिद्रभित्रको अध्ययन गर्ने, अनुसन्धान गर्ने महत्वपूर्ण एवम् कठिन कार्यमा यसको अहम् भूमिका सिद्ध भएको छ | मानिसलाई हरेक कार्यमा सहयोग पुर्याउने हुँदा यो मानिसको अभिन्न मित्र बनेको छ | यसको प्रयोगले मानिसलाई आफ्नो समय, सीप र साधनको वचत गर्न मद्दत पुगेको कुरालाई नकार्न मिल्दैन र स्वीकार्नै पर्छ | यसरी हेर्दा हरेक क्षेत्रमा यसको महत्व र उपयोगिता वर्तमान युगमा दिनप्रतिदिन बढ्दै गएको छ |  

Related Questions