Site icon Pathshala Nepal

यन्त्रमानवमा मानिसको सफलता

यन्त्रमानवको आविष्कारमा मानिसले कसरी सफलता हासिल गर्यो ?


1 Answer


समय गतिशील छ, यस्तो समयको गतिसँगै मानव मस्तिष्कमा पनि नवीन सोंच र ज्ञानको सिर्जना हुँदै गयो | खहरेमा बढी आउँदा डिलमा बसेर खोला तर्न नसकी हेरिरहने, आकाशमा उडेको चरा र नदीमा पौदिएको माछाको गतिलाई देरेर आफू पनि त्यस्तै स्वच्छन्द रूपमा गतिशील बनी अघि बढ्ने परिकल्पना गरी हिडेको मान्छेको आफ्नो कडा परिश्रम र बौद्धिक ज्ञानका करण रेल, मोटर, पानीजहाज र हवाईजहाजजस्ता यातायातका साधनको एकातर्फ विकास गर्यो भने अर्कातर्फ रेडियो, टेलीभिजन, टेलीफोन, इन्टरनेट, इमेल, फ्याक्स आदिको पनि संचारका क्षेत्रमा विकास गर्यो | यसरी निरन्तर कडा बौद्धिक एवम् शारीरिक परिश्रम मानिसले विज्ञानका क्षेत्रमा गर्दै आयो र वैज्ञानिक क्षेत्रमा भएको आशातित प्रगतिले गर्दा घरायसी, कृषि, उद्योग, वाणिज्य आदि क्षेत्रमा मानवीय जीवन पद्धति सुख सम्पन्न र सुविधायुक्त बन्न पुग्यो | दिनदिनै नयाँ कुराको खोज र अनुसन्धान गर्दै आर्जन गरेको अभूतपूर्व ज्ञान, निरन्तर कडा मिहिनेत र अन्वेषणको परिणमस्वरूप 'यन्त्रमानव' आविष्कार गर्ने महत्वपूर्ण कार्यमा समेत सफलता प्राप्त भएको छ |

Related Questions