Site icon Pathshala Nepal

” बितिसकेका कुरा मनमा खेलाएर मात्र के हुने हो र ?”

" बितिसकेका कुरा मनमा खेलाएर मात्र के हुने हो र ?" यस वाक्यांशलाइ सार्थक पार्नुहोस। 


1 Answer


उल्लेखित वाक्यांश हाम्रो कक्षा दसको नेपाली पाठ्यपुस्तकको 'काम खोज्दै जाँदा' शीर्षक मनोवादबाट झिकिएको हो | यस मनोवादका लेखक यसै पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरू हुन् | यस मनोवादमा लेखकहरूले वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरूको यथार्थ स्थितिको चित्रण गरेका छन् |

      प्रस्तुत वाक्यांशमा लेखकले सन्तमान खाली हात विदेशबाट घर फर्कन लाग्दा उसका मनमा उत्पन्न भएका विगतका कुराहरूलाई देखाउन खोजेका छन् | समय एकनाशको हुँदैन, जे हुनु थियो, त्यो भइसकेको छ | जे हुनु छ, त्यो अवश्य हुन्छ | त्यसैले बितेका दिनका विषयलाई मनमा खेलाएर प्रगति हुने पनि होइन | बरु त्यस्ता कमीकमजोरीबाट पाठ सिकी आफूले अरूलाई सजग एवं सचेत गराउनु बुद्धिमानी हुनेछ, अनुभवबाट पाठ सिकी अघि बढ्नु उपलब्धिमूलक हुनसक्छ | मनमा कुरा खेलाउँदा त्यसले आफैँलाई निरन्तर पिरोलिरहेको हुन्छ | समयको गतिसँगै पुराना कुरालाई बिर्सिदै जानुपर्दछ | विगतका कार्यले आउने दिनलाई मार्गदर्शन गर्दछ |

      त्यसर्थ बितिसकेका कुरालाई सम्झनु भन्दा बिर्सनु नै उत्तम हुन्छ भन्ने दृष्टिकोण सन्तमानका माध्यमबाट सन्देशात्मक रूपमा यहाँ प्रस्तुत गरेको पाइन्छ 

Related Questions