Site icon Pathshala Nepal

दोषी चस्मा कथामा कथाकारले केशवराजको मनस्थितिको विश्लेषण

'दोषी चस्मा' कथामा कथाकारले केशवराजको कस्तो मनस्थितिको विश्लेषण गरेका छन् ?


1 Answer


नेपाली साहित्यमा यौनमनोविज्ञानको नयाँ शैली प्रवेश गराएर प्रसिद्धि कमाएका कथाकार विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ मा भारतको बनारसमा भएको हो | नेपाली साहित्यका क्षेत्रमा यौनमनोविज्ञानको पक्षलाई उठाइ थुप्रै कथाहरू लेखेर नेपाली साहित्यको क्षेत्रमा  नयाँ मोड दिए | विशेष गरेर यौन अर्थात् नर र नारीबीचाको प्रेमाकर्षणसम्बन्धी मनोविज्ञानलाई आधार बनाएर उनले उत्कृष्ट कथाहरू लेखेका छन् | नेपाली साहित्यको सेवामा सक्रिय रूपमा लागिपरेका यौनमनोवैज्ञानिक कथाकार कोइरालाको वि.सं. २०३९ मा निधन भए पनि उनी नेपाली साहित्यमा अमर रहेका छन् |

            कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको प्रस्तुत कथामा मानवमनमा असन्तुष्टि सिर्जना हुँदा त्यसबाट उत्पन्न हुने मानसिक तनावलाई कथाकारले राम्रोसँग प्रस्तुत गरेका छन् | कथाकार कोइरालाले प्रमुख पात्र केशवराजलाई माध्यम बनाएर मानवीय संवेगद्वारा उत्पन्न हुने मनोभावलाई निकै आकर्षकढंगले प्रस्तुत गरेका छन् | यस कथामा पनि केशवाराजले दिनको दुई पटक जर्साबकोमा चाकरीमा गर्न जानुर्थ्यो तर एक दिन चाकरीमा जाँदा जर्साबलाई नचिनेर स्वस्ति गर्न नसक्दा उनका मनमा के-कस्ता तनाव उत्पन्न भए भन्ने कुरा प्रष्ट पारिएको छ |

      प्रस्तुत कथामा पात्र केशवराज धेरैनै शङ्कालु स्वभावका छन् | उनी सानो कुरालाई पनि तिलको पहाड बनाएर त्यसै सशङ्कित बन्ने प्रवृत्तिका व्यक्तिको रूपमा देखिन्छन् | दैनिक चकारीमा जानु उनको दिनचर्या थियो | जर्साबको चाकरी गर्न सके उनी सन्तुष्ट हुन्थे भने चाकरी गर्न नसक्दा असाध्यै असन्तुष्ट हुन्थे | कुनै दिन चाकरी गर्न नपाउँदा उनीलाई डर लाग्थ्यो | उनका मनमा शाङ्का र भय उत्पन्न हुन्थ्यो | जर्साबको चाकरी नगर्दा जागीर नपाइने भयो, बाँच्न पनि नसकिने भइयो भन्दै उनी ठुलो चिन्ताले पिरोल्थियो | समग्रमा भन्दा उनी कमजोर मनस्थिति, मनमा भय र सङ्कुचित विचार भएका व्यक्ति थिए |

      प्रस्तुत कथाका पात्र केशवराज मानसिक रूपमा अति कोमल देखिन्छन् | उनको मनोभावना अन्य मानिसहरूको भन्दा भिन्न अथवा सानो घटना वा गल्तीलाई आफैँ ठूलो बनाएर लैजाने किसिमको छ | यसको स्वभाव "वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खान्छ" भन्ने भनाइलाई सत्य बनाइदिएको छ |

Related Questions