Site icon Pathshala Nepal

जय भोलि ! निबन्धमा निबन्धकारको भोलिवादी प्रवृतिप्रति धारणा

जय भोलि !' निबन्धमा भोलिवादी प्रवृतिप्रति निबन्धकारको कस्तो धारणा पाइन्छ ?


1 Answer


विश्वका अन्य ठाउँमा जेसुकै भइराखे पनि हाम्रो समाजमा चाहिँ भोलैवादी प्रवृतिको राम्रो विकास भएको कुरा निबन्धकार अर्यालले देखाएका छन् | हाम्रो समाजमा व्यक्तिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय, सामान्य तथा अति गम्भीर कार्यका लागि पनि 'भोली' शब्दको प्रयोग हुने गरेको यथार्थ चित्रण निबन्धकार अर्यालले यस निबन्धमा गरेका छन् | यसरी जुनसुकै काममा पनि भोलि भन्ने हाम्रो बानीले अरूलाई भन्दा आफैँलाई हानि भइराखेको हुन्छ | हाम्रा सम्पूर्ण योजना र कार्यक्रमहरू ढिलासुस्तिमा परिवर्तन भइरहेका छन् | यसरी हामीले आफ्नो राष्ट्रलाई विकासवादी मार्गमा धकेलिरहेका छौं | त्यसैले निबन्धकारले हामी लगायत सूर्य, चन्द्र, पृथ्वी, हावा सबैले आजको काम भोलि गर्ने भए भने यहाँ ठूलो हलचल मच्चिने धारणा प्रस्तुत गरेका छन् अथवा भोलिवाद ठीक छैन भन्ने धारणा निबन्धकारको व्यक्त गरेका छन् |

Related Questions