Site icon Pathshala Nepal

जयपृथ्वीबहादुर सिंहको जीवनबाट पाइने प्रेरणा

जयपृथ्वीबहादुर सिंहको जीवनबाट पाइने प्रेरणा के हो ?


1 Answer


जयपृथ्वीबहादुर सिंहको जीवनबाट अनेक किसिमका प्रेरणाहरू पाइन्छन | हामी सबैले आफ्नो मुलुकको भलाइ र उन्नति गर्नु हामी सबैको धर्म हो, असल काम गर्नु सबैको भलो चिताउनु हो, सत्यबाट सन्तोष पाइन्छ, खराब विचार र घृणाबाट दु:ख हुन्छ, राम्रो काम गरे मात्र सन्तोष मिल्छ भन्ने प्रेरणाहरू हामी उनकै जीवनीबाट पाउँछौ | स्वदेश तथा विदेश जहाँ रहेपनि, जस्तोसुकै विषम परिस्थितिमा पनि मानवसेवा, राष्ट्रसेवा तथा विश्वशान्तिको लागि जुट्न सक्नुपर्छ भन्ने प्रेरणा पनि उनको जीवनीबाट पाइन्छ | सादा जीवन र उच्च विचारमा सदा आस्था राख्ने, मानव जातिको हकहितका लागि मरिमेट्ने र मानवतावादको सिद्धान्तद्वारा विश्वमा शान्ति, समानता र भ्रातृत्वको भावना फैलाउने व्यक्ति नै इतिहासमा अमर बन्न सक्छ भन्ने प्रेरणा जयपृथ्वीबहादुर सिंहको जीवनीबाट पाइन्छ |     

Related Questions