Site icon Pathshala Nepal

‘चुम्बकले फलामलाई तान्छ, तर सुनलाई खिच्न सक्दैन’ भन्नुको तात्पर्य- घरको माया’

'चुम्बकले फलामलाई तान्छ, तर सुनलाई खिच्न सक्दैन' भन्नुको तात्पर्य के हो ?


1 Answer


'घरको माया' शीर्षक एकाङ्कीमा प्रयोग भएको उक्त वाक्य लालबहादुरले भनेको हो | लालबहादुर आफ्नो गाउँघरदेखि दिक्क भएको थियो | ऊ कुनै हालतमा पनि आफ्नो गाउँ फर्कन चाहँदैनथ्यो | जमानसिंह चाहिँ आफ्नो देश फर्कने विचारमा थियो | जमानसिंह घर फर्कन चाहे पनि लालबहादुरले त्यसलाई मनपराएको थिएन | लीलबहादुरको मनलाई भने उसको गाउँघरले आकर्षित गरेको थिएन | जमानसिंहहरूलाई उनीहरूको गाउँघरको मायाले तातेको छैन भन्ने बुझाउन लालबहादुरले उक्त वाक्य प्रयोग गरेको हो | त्यसैले उक्त वाक्यको तात्पर्य केहीलाई गाउँघरको मायाले ताने पनि केहीलाई तान्न सक्दैन भनी बुझ्न सकिन्छ |

Related Questions