Site icon Pathshala Nepal

कर्तव्य कथा सप्रसङ्ग व्याख्या

सप्रसङ्ग व्याख्या गर्नुहोस् : कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ मानिस चाहिँ ज्ञानवान् हुनाले बखत मौका विचार गरेर आफैँ पनि जानुपर्छ |


1 Answer


उपरोक्त गद्यांश हाम्रो नेपाली पाठ्यपुस्तक कक्षा दशको 'कर्तव्य' शीर्षक कथाबाट झिकिएको हो | यस कथाका कथाकार गुरुप्रसाद मैनाली हुन् | कथाकार मैनाली (वि. सं. १९५७ – वि.सं.२०२८) हुन् | सामाजिक यथार्थलाई आदर्शको उद्देश्यसित जोडेर कथाका विषयवस्तु बनाई आफ्नो मौलिक पहिचान हो |  आफ्ना कृतिहरू मार्फत् एकातिर आफू नेपाली साहित्य क्षेत्रमा प्रसिद्ध भए भने अर्कातिर उनले नेपाली साहित्यलाई पनि प्रसिद्ध बनाए | भतिजाको बिहेमा नाबोलाई जान खोज्दा श्रीमतीले नबोलाई त कुकुर पनि नजाओस् भन्दा मुरलीधरले  माथिका पङ्क्तिहरू निकाल्दछन् |

            माथिका पङ्क्तिहरूले कुकुर र मानिसमा हुने फरक औंल्याउने कार्य गरेको छ | साथै कुकुरले वहन गर्ने उत्तरदायित्व र मानिसले वहन गर्ने उत्तरदायित्वमा हुने अन्तर पनि यहाँ प्रस्तुत गरिएको छ | जुनसुकै घर परिवारमा पनि सानातिना मतभेदहरू, विवादहरू सृजना हुन सक्दछन् | तिनै मतभेद र विवादहरूले गर्दा पारिवारिक झैँझगडा, कलह, आपसी मनमुटावहरूको जन्म हुन जान्छ | यसको फलस्वरुप परिवारका सदस्यहरूको बोलीचाली बन्द हुने, आवतजावत बन्द हुने, भैपरी आउँदा असहयोग गर्ने जस्ता घटनाहरू घट्ने गर्दछन् | साथै आफन्तका घरमा कुनै चाडपर्व, सामाजिक तथा धार्मिक कार्य हुँदा एकले अर्कोलाई बेवास्ता गर्ने जस्ता घटना पनि घट्ने हुन्छन् | यस्ता कार्यमा संलग्न सबैले के ध्यान दिनुपर्छ भने यसले आफ्नो परिवार वा कूल खानदानको मर्यादा र इज्जतलाई कति लाभ अथवा हानि पुग्दछ ? यसका माध्यमले पछिल्ला पिंढीका सन्तानहरूको के अवस्था होला ? कुकुरले निर्वाह गर्ने खालको मात्र जिम्मेवारी निर्वाह गर्ने हो भने कुकुर र मानिसमा के नै भिन्नता रहन्छ ? यस कथाको यथार्थलाई बुझ्ने हो भने प्रत्येक सन्तानहरूका काँधमा कूल खान्दाको इज्जत निर्भर रहन्छ | सबैले त्यसलाई जोगाई सुरक्षित राख्ने कोशिस गर्नुपर्छ | सामाजिक र धार्मिक कार्यमा सानातिना आपसी कलहले नबोलाउने र नजाने गर्नु शोभनीय देखिदैनन् | त्यही भएर नबोलाएर पनि शशिधरको बिहेमा गएर मुरलीधरले आफ्नो कर्तव्य राम्ररी पूरा गरेको देखिन्छ |

       प्रस्तुत कथामा एउटा परिवार वा कूल खानदानले कति दु:ख कष्ट सहेर आफ्नो इज्जत र मानमर्यादा बचाउई  राखेका हुन्छन् | त्यसलाई परिवारको एउटै सदस्यले पनि उडाइदिन सक्छ | यो राम्रो काम नभएर समय परिस्थिति हेरी आवश्यक परेको बेलामा उपस्थित हुँदा राम्रो हुन्छ | तसर्थ सबैमा आ-आफ्नो कर्तव्य बोध गराइ, विशेष आफ्नो परिवारप्रति के कस्तो कर्तव्य रहन्छ र त्यसलाई कसरी पूरा गर्नुपर्छ भन्ने विषयमा यो कथा केन्द्रित छ |

Related Questions