Site icon Pathshala Nepal

‘इमानसिंह चेमजोङ एक सांस्कृतिक योद्धा हुन्’

'इमानसिंह चेमजोङ एक सांस्कृतिक योद्धा हुन्' यस भनाइलाई पुष्टि गर्नुहोस् |


1 Answer


नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसंस्कृतिहरूले भरिपूर्ण भएको देश हो | यिनै विभिन्न सांस्कृतिक मेल्हारूबाट नै नेपाली संस्कृतिको निर्माण भएको छ | यस देशका विभिन्न जातजातिहरूले आ-आफ्ना भाषा, धर्म र संस्कृतिको संरक्षण गरी राष्ट्रिय एकताको भावनालाई जीवन्त पारेका छन् | नेपालका विभिन्न संस्कृतिमध्ये किराँती संस्कृति पनि एक प्राचीन संस्कृति हो | यस संस्कृतिको उत्थान र पुनर्जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने इमानसिंह चेमजोङ नेपालका एक सांस्कृतिक योद्धा हुन् | सन् १९२५ देखि उनी निकै सक्रिय रूपमा किराँती संस्कृतिको खोज तथा अनुसन्धानमा लाग्न थाले | चेमजोङ आफ्नो जति, भाषा, सभ्यता, संस्कृति, लिपि र इतिहासका बारेमा ज्यादै चासो गर्दथे | उनले आफ्नो खोज तथा अनुसन्धानबाट अङ्ग्रेजहरूले किराँतीहरूको हस्तलिखित ग्रन्थहरू लागेको कुरासमेत पत्ता लगाए | उनले किराँत लिम्बू भाषाको प्रचार – प्रसार, लिपिको पुनरुत्थान र संस्कृतिको विस्तार गर्ने कार्यलाई आफ्नो जीवनको लक्ष्य बनाएका हुनाले इमानसिंह चेमजोङलाई एक सांस्कृतिक योद्धा भन्न सकिन्छ |

Related Questions