Site icon Pathshala Nepal

इमानसिंह चेमजोङले किराँती भाषा र संस्कृतिको उत्थानमा दिएको योगदानहरु

इमानसिंह चेमजोङले किराँती भाषा र संस्कृतिको उत्थानमा के कस्तो योगदान दिएका छन् ?


1 Answer


इमानसिंह चेमजोङ आफ्ना भाषा र संस्कृतिका एक सशक्त अन्वेषक हुन् | उनले नेपाल र भारतका विभिन्न ठाउँहरूमा स्थलगत अध्ययन भ्रमण गरे | आफ्नो भाषा र संस्कृतिका विस्तृत खोज गरे | आफ्नो जन्मस्थान दार्जिलिङबाट नेपालको लिम्बूवानमा आएर अध्ययन अनुसन्धान गर्ने क्रममा 'लिम्बूवान सुधार सङ्घ'को स्थापना गरे | आफ्नो परम्परागत रीतिस्थिति, संस्कृति र सभ्यताको संरक्षण र सम्वर्द्धन गरी जनचेतना जगाए | आफ्नो भाषा र संस्कृतिको अस्तित्वरक्षाका लागि केही मागहरू लिएर सरकारसँग पूरा गरिदिन आग्रह गर्ने उद्देश्यले काठमाडौँ पनि पुगे | उनले जीवनभर यसै क्षेत्रमा काम गर्ने उद्देश्यले खम्बूवान क्षेत्रका गाउँमा घुमेर किराँती भाषा, इतिहास, धर्म र संस्कृतिको अनुसन्धान गरे | रातदिन निन्द्रा, भोक, थकाइ केही नभनी क्रियाशील भएर उनले लिम्बूभाषा, व्याकरण, लिपि, संस्कृति, धर्मदर्शन, किराँत मुन्धुम (वेद), किराँत इतिहास, किराँत साहित्यको इतिहास, लिम्बू-नेपाली-अङ्ग्रेजी शब्दकोश आदिजस्ता अमूल्य कृतिहरूको रचना र प्रकाशन गरी किराँती भाषा र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान दिएका छन् | 

Related Questions