Site icon Pathshala Nepal

सहिदहरूको सम्झना कवितामा कविले सहिदहरूको बलिदान र मुलुकप्रति हाम्रो कर्तव्यलाई प्रस्तुत गरेका छन्

सहिदहरूको सम्झना कवितामा कविले सहिदहरूको बलिदान र मुलुकप्रति हाम्रो कर्तव्यलाई कुन रूपमा प्रस्तुत गरेका छन् ?


1 Answer


नेपली साहित्यका लोकप्रिय एवम् सशक्त कवि भूपी शेरचनको जन्म वि.सं. १९९३ सालमा मुस्ताङ जिल्लाको भएको हो | "घुम्ने मेचमाथि अन्धो मान्छे" कविता सङ्ग्रहमार्फत नेपाली साहित्यमा प्रसिद्ध भएका भूपी शेरचनका 'निर्झर', 'नयाँ झ्याउरे', कविता सङ्ग्रह प्रकाशित छन् | ती सङ्ग्रहका कविताहरूमध्ये 'घुम्ने मेचमाथि अन्धो मान्छे', 'हामी', 'घण्टाघर', 'मेरो देश', 'मैनबत्तीको शिखा' आदि उत्कृष्ट कविता हुन् | प्रस्तुत 'सहिदहरूको सम्झनामा' झ्याउरे लयमारचिएको शेरचन एउटा उत्कृष्ट छन् | उनले यस कवितामा सहिदहरूका त्याग र बलिदानलाई राष्ट्रिय सन्दर्भमा मूल्याङ्कन गरेका छन् |  उनी एक विद्रोही कवि हुन् | राष्ट्रभक्ति तथा देशप्रेमलाई आफ्ना रचनामा उतारेर आफ्ना अमूल्य कृतिहरू नेपाली साहित्यका क्षेत्रमा दिई आफ्नो नाम अमर बनाएर वि.सं. २०४६ सालमा स्वर्गीय भए |

   प्रस्तुत कवितामा सहिदहरूको बलिदानप्रति कविको आफ्नो धारणा प्रस्तुत भएको छ | कुनैपनि देशका त्यस्ता नागरिकलाई मात्र सहिद भन्न सकिन्छ जसले देश र जनताको भलाइका लागि आफ्नो ज्यान बलिदान गरेको हुन्छ | कविले सहिदहरू आफ्नो स्वार्थ पूरा गर्न मात्र सहिद नभएको कुरा स्पष्ट पार्दै हामी जीवित रहेका नागरिकले आफ्ना कर्तव्य के हो भनी बुझ्नुपर्ने धारणा पनि प्रस्तुत गरेका छन् | कविको अर्को धारणाअनुसार देशमा बसोबास गर्दै आएका सम्पूर्ण मानिसहरूमध्येबाट त्यस्ता मानिस मात्रै सहिद बन्दछन् जसले आफूलाई देशका लागि बलिदान गर्न सक्छन् | यसपछिको जिम्मा त्यहाँ बसोबासगर्ने मानिसहरूमा रहन्छ | अहिले हामीलाई पनि त्यस्तै जिम्मेवारी आएको छ | सहिदहरूले देखाएको बाटो र दिएको निर्देशनअनुसार अघि बढ्न सकेमा नै प्रयासले सार्थकता पाउन सक्छ |

   देशमा परिवर्तन ल्याउने नाममा, सुधार गर्ने नाममा, जनताका हक र अधिकार सुरक्षित राख्ने नाममा देशका केही व्यक्तिहरूको असामयिक निधन हुँदैमा देश र जनताको विकास भएको मानिदैन यसका लागि त अन्य नागरिकहरूमा सहिदहरूले हाम्रै लागि आफ्नो ज्यान गुमाएका हुन् भन्ने भावना भएमा मात्र सहिदहरूको सपना साकार भएको तथा देश र जनताको पनि विकास भएको मान्न सकन्छ |

Related Questions