Site icon Pathshala Nepal

नयाँ 1 सय 66 जनामा भेटियो कोरोना संक्रमण पुष्टि, निधन हुनेको संख्या 8 पुग्यो

Online Calculator

देशमा नयाँ १ सय ६६ जनामा कोरोना संक्रमण फेला परेको छ । जसमा १ सय ६२ जना पुरुष र ४ जना महिला रहेका छन् । 
यो संगै देशभर कुल कोरोना संक्रमित १५ सय ६७  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाकारी दिए । 

जसमा १४ सय ५० पुरुष र १ सय १७ जना महिला रहेका छन् ।

शनिबार दैलेखमा निधन भएका ३५ बर्षिया पुरुषको मृत्यु भएकोमा उनको स्वाव परीक्षणमा पोजेटिभ भएको । 

बाजुराका एक बालिकाको आइतबार विहान निधन भएकोमा उनको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।  

यो संगै कोरोना संक्रमणबाट देश भर निधन हुनेको संख्या ८ पुगेको उनले जानकारी दिए । 

त्यसैगरी पछिल्लो समय  एक जना डिस्चार्ज भएसंगै कुल डिस्चार्ज हुनेको संख्या २ सय २० पुगेको छ । जसमा पुरुष १ सय ७२ पुरुष र ४८ महिला  रहेका छन् ।

Source: NayapatrikaDaily