Site icon Pathshala Nepal

जेठभर लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

Lock Down Extension

Lock Down Extension

Online Calculator

सरकारले लकडाउनलाई जेठ महिनाभर लम्ब्याउने निर्णय लिएको छ । जेठ महिना ३२ गतेसम्म छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले लकडाउन लम्ब्याउने निर्णय भएको जानकारी दिए ।

एक मन्त्रीकाअनुसार कोरोना संक्रमणको बढ्दो अबस्था हेरेर लकडाउन थप्ने निर्णय भएको हो । परिस्थिति हेरि लकडाउनको स्वरुप बदल्नेबारे कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्णय गर्ने मन्त्री खतिवडाले बताए ।

पछिल्लो पटक थपिएको लकडाउनको अवधि २० जेठमा सकिँदै थियो । सरकारले चैत ११ गतेदेखि चरण चरणमा लकडाउन थप्दै आएको छ । तर, लकडाउनकै बिचमा पनि कोरोना संक्रमणको दर बढेकोबढ्यै छ ।

मन्त्रिपरिषद् बैठकले १३ असारसम्म अन्तराष्ट्रिय सीमा र विमानस्थल बन्द गर्ने पनि निर्णय गरेको छ ।

लकडाउन थप्दै गएको र तयारीमा ध्यान नदिएको भन्दै सरकारको आलोचना पनि शुरु भएको छ ।

Source: NayapatrikaDaily