May 30, 2020
सरकारले लकडाउनलाई जेठ महिनाभर लम्ब्याउने निर्णय लिएको छ । जेठ महिना ३२ गतेसम्म छ ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले लकडाउन लम्ब्याउने निर्णय भएको जानकारी दिए ।
एक मन्त्रीकाअनुसार कोरोना संक्रमणको बढ्दो अबस्था हेरेर लकडाउन थप्ने निर्णय भएको हो । परिस्थिति हेरि लकडाउनको स्वरुप बदल्नेबारे कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्णय गर्ने मन्त्री खतिवडाले बताए ।
पछिल्लो पटक थपिएको लकडाउनको अवधि २० जेठमा सकिँदै थियो । सरकारले चैत ११ गतेदेखि चरण चरणमा लकडाउन थप्दै आएको छ । तर, लकडाउनकै बिचमा पनि कोरोना संक्रमणको दर बढेकोबढ्यै छ ।
मन्त्रिपरिषद् बैठकले १३ असारसम्म अन्तराष्ट्रिय सीमा र विमानस्थल बन्द गर्ने पनि निर्णय गरेको छ ।
लकडाउन थप्दै गएको र तयारीमा ध्यान नदिएको भन्दै सरकारको आलोचना पनि शुरु भएको छ ।
Source: NayapatrikaDaily
Here are 25 biggest things on earth one should know to prepare for Loksewa General knowledge exam. Ocean – Pacific River – Amazon (Located in South America continent) Desert – Sahara ( Africa ) Lake […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd