Site icon Pathshala Nepal

यौनसम्बन्धले पनि डेंगु

भाइरसका कारणले हुने संक्रामक ज्वरो डेंगुलाई लामखुट्टेले नै फैलाउने मान्यता छ । तर गत सेप्टेम्बरमा स्पेनका चिकित्सकले शारीरिक सम्बन्धले समेत डेंगु भाइरस सरेको पहिलोपटक पुष्टि गरेका छन् ।

dengue via sex

त्यहाँका स्वास्थ्य अधिकारीहरूले एक व्यक्तिद्वारा यौनका माध्यमले डेंगु फैलिएको पुष्टि गरेका हुन् । हालसम्म लामखुट्टेद्वारा नै डेंगु भाइरस फैलिने जानकारीमा थियो ।

यो घटना म्याड्रिकको हो । त्यहाँका ४१ वर्षीय व्यक्तिको हो, जसलाई आफ्नो पुरुष साथीसँग यौनसम्पर्क गरेपछि डेंगु भएको अधिकारीहरूले बताएका छन् । ती पुरुष साथी क्युबाको यात्रा गर्दाताका लामखुट्टेको टोकाइले डेंगु भाइरसको संक्रमणमा परेका थिए । मेड्रिडको स्वास्थ्य विभागले सेप्टेम्बरमा ती व्यक्तिलाई डेंगु भएको पुष्टि गरेको थियो । ती व्यक्तिलेडेंगु फैलिएको क्षेत्रको भ्रमणसमेत गरेका थिएनन् ।
शुक्रकीटको विश्लेषण गर्दा क्युबामा फैलिएकै डेंगु भाइरस फेला पुष्टि भएको थियो । हालै यौनसम्पर्कका माध्यमले एक पुरुष र एक महिलामा डेंगुको केस दक्षिण कोरियामा सार्वजनिक भएको छ । स्टकहोमस्थित युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (इसीडीसी) का अनुसार पुरुषसँग यौनसम्बन्ध राख्नेमा डेंगु भाइरस सरेको यो पहिलो केस हो । डेंगु मुख्य रूपले एडिस एजेप्टी लामखुट्टेद्वारा फैलिन्छ ।