Site icon Pathshala Nepal

एकै दिन थपिए पाँच सय ८६ कोरोना संक्रमित, संक्रमित संख्या सात हजार नाघ्यो,मृत्यु हुनेकाे संख्या २० पुग्याे

covid19 cases in nepal

covid19 cases in nepal

Online Calculator

देशभरिमा पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित मिडिया ब्रिफिङमा बुधबार थप भएको समेत संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको जनाएको छ ।

४० महिला र पाँच सय ४८ पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले बताए ।

एकै दिन संक्रमण पुष्टि भएकाे याे अहिलेसम्मकाे सबैभन्दा उच्च संख्या हाे ।