March 30, 2020
कोरोना भाइरस परीक्षणका लागि विश्वविद्यालयहरूले अग्रसरता देखाएका छन् । कोरोना परीक्षण गर्न सक्ने ल्याब र जनशक्ति भएका त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, कृषि वन विज्ञानलगायतका विश्वविद्यालयले तयारी गरेका हुन् । धरानस्थित बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सले आइतबारदेखि कोरोना परीक्षण सुरु गरिसकेको छ ।
त्रिविका तीन केन्द्रीय विभाग तयारी अवस्थामा
कोरोना भाइरस परीक्षणका लागि त्रिभुवन विश्वविद्यालयका तीनवटा केन्द्रीय विभाग तयारी अवस्थामा राखिएका छन् । त्रिविको माइक्रो बायोलोजी, बायो टेक्नोलोजी केन्द्रीय विभाग र बायो मटरियल युनिट तयारी अवस्थामा राखिएका हुन् ।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले ल्याब र आवश्यक जनशक्ति रहेको र आप्ठ्यारो अवस्थामा काम गर्न तीन विभाग तयारी अवस्थामा रहेको बताए । सरकार र जनतालाई अप्ठ्यारो परेको अवस्थामा जुनसुकै सहयोग गर्नुपर्छ भनेर तयारी अवस्थामा रहन निर्देशन दिएको उनले बताए । विश्वविद्यालयले आफूसँग भएका ल्याब र जनशक्तिको विषयमा स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर जानकारी गराइसकेको छ । पत्र पठाएपछि पनि तीन विभागका प्रमुख र स्वास्थ्यसचिवबीच त्रिविले गर्न सक्ने कामका विषयमा छलफल भएको उपकुलपति बाँस्कोटाले बताए ।
कोरोना भाइरस परीक्षण गर्न सक्ने त्रिविसँग तीनवटा ल्याब छन् । अहिले कोरोना परीक्षण भइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाजत्तिकै सुविधासम्पन्न ल्याब त्रिविसँग छन् । यी ल्याब हाल विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि प्रयोग भएका छन् ।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले व्यक्तिगत सुरक्षा इक्युपमेन्ट (पिपिई) र किट भए त्रिविमा रहेका तीनवटै ल्याबले कोरोना परीक्षण गर्न सक्ने बताए । यसका लागि आवश्यक जनशक्तिसमेत त्रिविसँग रहेको उनको भनाइ छ । त्रिविका सूक्ष्म जीवविज्ञान केन्द्रीय विभाग, जैविक प्रविधि केन्द्रीय विभाग, ट्रफल आयोजना (बायोमेटोरियल प्रयोगशाला)मा कोरोना भाइरस परीक्षण गर्न सकिने उपकरण (रियल टाइम पिसिआर मेसिन) छन् ।
कृषि विश्वविद्यालयसँग पनि छलफल
कोरोना भाइरस परीक्षणका विषयमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले आइतबार कृषि वन विज्ञान विश्वविद्यालयका प्राध्यापकसँग छलफल गरेका छन् । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रको आरटी–पिसिआरलगायतका मेसिनको अवस्था र कोरोना भाइरस परीक्षणका विषयमा छलफल भएको हो।
छलफलमा सहभागी विश्वविद्यालयका सहप्राध्यापक ईश्वरीप्रसाद कडरियाले विश्वविद्यालयसँग भएको मेसिनमा बिएसएल–२ स्तरको सुविधा थप भएमा मेडिकल टिमसँगको समन्वयमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न सकिने बताए । देशलाई संकट परेको समयमा आफू नागरिक दायित्व पूरा गर्न तयार भएको उनले बताए । मन्त्रालयका तर्फबाट विज्ञ विष्णु पाठक विश्वविद्यालय पुगेका थिए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस परीक्षण सुरु गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. गुरु खनालले सबै तयारी गरी आइतबारबाटै कोभिड–१९ को परीक्षण सुरु गरेको बताए ।
बेसिक साइन्स भवनमा आइसोलेसन बेड
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेका खाली भवनलाई आइसोलेसन कक्ष बनाइएको छ । चिकित्सा शिक्षाका लागि तयार गरिएका बेसिक साइन्सका खाली भवनलाई आइसोलेसन कक्ष बनाइएको हो ।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले कीर्तिपुरमा सय बेडको आइसोलेसन र क्वारेन्टाइनका लागि समेत कीर्तिपुर परिसरका त्रिविका कक्षाकोठा प्रयोग गर्न सकिने बताएका थिए । त्रिविले देशभरकै आंगिक क्याम्पस आवश्यक परेमा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिने भएको छ ।
3,222 people have died so far from the corona virus COVID-19 outbreak as of March 04, 2020, 15:11 GMT. There are currently 94,348 confirmed cases in 82 countries and territories. The fatality rate is sill being assessed. Country,Other TotalCases […]
The skull is made out of two arrangements of bones cranial and facial. Cranial bones are 8 in number, facial bones are 14. Thus, the skull is made of all-out 22 bones. The cranial bones […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd
We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.