Site icon Pathshala Nepal

रेसुङ्गा – धार्मिक स्थल

History

Online Calculator
QUESTION

रेसुङ्गा कुन जिल्लामा पर्दछ?

  1. लम्जुङ्ग

  2. रसुवा

  3. ललितपुर

  4. गुल्मी

ANSWER
Correct Option: Option D,

गुल्मी


समुन्द्र सतहदेखि १७०० मिटर उचाइमा ३४ सय हेक्टरमा फैलिएको रेसुङ्गा क्षेत्र गुल्मी जिल्लाका एघार गाविसमा पर्छ। प्राचीन युगमा ऋष्यशृंग ऋषि (जसले अयोध्याका राजा दशरथको सन्तान नजन्मेपछि पुत्रेष्ठी महायज्ञ गराएका थिए । र बल्ल भगवान राम लगायतका उहाँका भाइहरु जन्मनुभएको थियो ) ले तपस्या गरेको कारण यसको नाम रेसुङ्गा रहन गयको विश्वास गरिन्छ । सिद्धबाबा, विष्णु, शिव, गणेशलगायतका विभिन्न देवीदेवताका मन्दिरले पनि यो ठाउँको धार्मिक महत्वलाई बढाएका छन्। यहाँ भगवान राम र लक्ष्मण पनि ऋष्यशृंग ऋषिको दर्शन गर्न आएर यहाँ के को समस्या छ भनि सोध्दा पानीको समस्या ऋषिले बताएपछि आफ्नो धनुबाणले हानेर पानी निकालीदिएको रामकुवा पनि छ ।

रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजीकमा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरी, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमाल देखिन्छन्। सूर्यास्तको बेला धवलागिरीको छायाँ त रेसुङ्गामै पर्दछ। चिसो हावापानी, घना वन र जैविक विविधताले त्यत्तिकै आकर्षित गर्छ। यो क्षेत्रको भ्रमणका लागि मङ्सिरदेखि वैशाखसम्मको समय उपुक्त मानिन्छ।

More from History