navbar brand

Quiz

28 Jan 2023, Sat
  • Pathshal Apps Shortcuts
    राशिफल
    Quiz
    Converter
    Dictionary
    Facebook Apps
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves
Bipina Poudel Literature

२०७१ मा लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती

Question

२०७१ मा लक्ष्मीप्रसाद देवकोटाको कतिऔ जन्म जयन्ती मनाइयो ?

Options
Option A

101

Option B

106

Option C

100

Option D

99

Correct Option

Option B

Explanation

लक्ष्मीप्रसाद देवकोटा को जन्म वि. सं. १९६६ कार्तिक २७ गते 'लक्ष्मीपुजा'को दिनमा काठमाडौंको डिल्लीबजारमा भएको हो। उनको जन्म तदनुसार १२ नोभेम्बर सन् १९०९ मा भएको हो भने मृत्यु चाहिँ वि. सं. २०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९ मा भएको हो। उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन्। देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।

देवकोटाका केही मुख्य कृतिहरू

१. कविता सङ्ग्रह: पहाडी पुकार ( वि. सं. २००५)•पुतली (बाल कविता)• वि. सं. २००९)• भिखारी ( वि. सं. २०१०) •सुनको बिहान ( वि.सं.२०१०) •छहरा (वि. सं. २०१२)• जन्मोत्सव र मुटुको थोपा ( वि.सं.२०१५) • मृत्युशैयाबाट ( वि. सं.२०१६) •चिल्ला पातहरू ( मृत्युपश्चात प्रकाशित, वि.सं. २०२१) •गाइने गीतहरू (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४) •मनोरञ्जन (मृत्युपश्चात प्रकाशित, वि. सं. २०२४) • भावना गाङ्गेय (मृत्युपश्चात प्रकाशित, वि. सं. २०२४)• आकाश बोल्छ (मृत्युपश्चात् प्रकाशित, वि. सं. २०२५) • छाँगासँग कुरा (मृत्युपश्चात् प्रकाशित, वि. सं. २०२६), •लक्ष्मी कविता सङ्ग्रह ( मृत्युपश्चात प्रकाशित, वि. सं. २०३३) • लक्ष्मी गीत सङ्ग्रह (मृत्युपश्चात प्रकाशित, वि. सं. २०४०)

२.खण्डकाव्य : मुनामदन ( प्रकाशन वर्ष, वि. सं. १९९१) , राजकुमार प्रभाकर (वि. सं. १९९७), कुञ्जिनी (वि. सं. २००२), वसन्ती गीतीकाव्य(वि. सं. २००९), मैना (वि. सं. २००९), सुन्दरी जर्पिना (वि. सं. २००९), रावण जटायु युद्ध (वि. सं. २०११) , म्हेन्दु (वि. सं. २०१५), लुनी (वि. सं. २०२३), सीताहरण (वि. सं. २०२४), मायाविनि सर्सी (वि. सं. २०२४), नवरस कोश काव्य (वि. सं. २०२५), मैना ( पुन: सम्पादन वि. सं. २०३९)।


३.निबन्ध: आषाढको पन्ध्र(वि. सं. १९९३,शारदा), भलादमी, फूल, पहाडी जीवन, हाई हाई अङ्ग्रेजी, के नेपाल सानो छ, कला र जीवन, कल्पना, साधुको महात्म्य, निद्रा श्रीपञ्चमीको दिन वि. सं. २०१०, साँढे,मेरो पाल्पा तानसेन तर्फको यात्रा आदि ।

प्रकाशन मितिशीर्षकविधा
वि. सं. २००५पहाडी पुकारकविता
वि. सं.२००९पुतलीकविता
वि. सं.२०१०भिखारीकविता
वि. सं. २०१०सुनको बिहानकविता
वि. सं. २०१२छहराकविता
वि. सं. २०१५जन्मोत्सव र मुटुको थोपा??
वि. सं. २०१६मृत्युशैयाबाटकविता
वि. सं. २०२१चिल्ला पातहरू??
वि. सं. २०२४गाईने गीतहरूगीत
वि. सं. २०२४मनोरञ्जनकविता
वि. सं. २०२४भावना गाङ्गेय??
वि. सं. २०२४आकाश बोल्छ??
वि. सं. २०२६छाँगासँग कुरा??
वि. सं. २०३३लक्ष्मी कविता सङ्ग्रहकविता
वि. सं. २०४०लक्ष्मी गीत सङ्ग्रहगीत

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd