कुन हिमालको पुरानो नाम जन्नु हिमाल हो?
काङ्गरु
कुम्भकर्ण
नेपाल पिक
काङवाचेन
Option B
कुम्भकर्ण हिमाल पुरानो नाम "जन्नु" गोलो आकारको देखिने शिर, दुईमध्येको एउटा कुम झरेको जस्तो देखिने हिमाल मजाले नियाल्न सकिन्छ । कञ्चनजंघासँगै जोडिएर रहेकाले बनावटका कारण यसलाई धेरै कञ्चनजंघा भनेर पनि अलमलिन्छन् । कञ्चनजंघाको तुलनामा यो चुचुरो ८ सय ७६ मिटर होचो छ । हिमालसँग कुहिरो लुकामारी खेलिरहन्छ । कहिले पूरै ढाक्छ, कहिले छाडेर हट्छ ।
उडेर आउने कुहिरोले बेला–बेला पानी ल्याउँछ र कहिले हिउँको वर्षा गराइदिन्छ । कुम्भकर्ण विगतदेखिकै पर्यटकीय गन्तव्य हो । विदेशी पर्यटक कञ्चनजंघा परिक्रमा गर्दा यही हिमालको फेदीबाट आउजाउ गर्छन् । हावा चलिरहने, लामो समय बस्नका लागि निकै कठिन हुने यो क्षेत्र अहिले धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd