सगरमाथाको सबैभन्दा छिटो ( ८ घण्टा १० मिनट ) आरोहण गर्ने व्क्ती को हुन् ?
काजी शेर्पा
पेम्वा दोर्जे शेर्पा
पासाङ ल्हामु शेर्पा
आङरिता शेर्पा
Option B
सबैभन्दा छिटो अक्सिजनसहित आरोहण गर्ने नेपालका पेम्बादोर्जे शेर्पाले ८ घण्टा १० मिनेटमा सगरमाथाको आरोहन गरेका थिए ।
त्यस्तै अक्सिजनबिना नै सबैभन्दा छिटो आरोहण गर्ने नेपाल कै काजी शेर्पाले २० घण्टा २४ मिनेटमा सगरमाथाको आरोहण गरेका थिए । सबैभन्दा कम उमेरमा अमेरिकाका जोडान रोमारियोले १३ वर्ष १० महिना १० दिनमा सगरमाथा चढेर रेकर्ड राखेका थिए भने सबैभन्दा बढी उमेरमा जापानका युचिरो मिउराले ८० वर्ष २२४ दिनको हुँदा सफल आरोहण गरेर रेकर्ड राखेका थिए । त्यस्तै सबै भन्दा कम उमेर सगरमाथा आरोहण गर्ने महिलामा नेपालकी मिङ किपाले रेकर्ड राखेकी छिन् । उनी १५ बर्षकी हुँदा सगरमाथाको सफल आरोहण गरेकी थीईन ।
सगरमाथामा सवैभन्दा धेरै समय बस्ने रेकर्ड नेपालका बाबुछिरी शेर्पाले कायम गरेका छन । उनी सगरमाथाको चुचुरोमा छ घण्टा बसेका थिए ।
आरोहण सुरु भएदेखि हाल सम्म करीब ३०० आरोहीले ज्यान गुमाई सकेका छन् । हैलेको तथ्यान्कलाई आधार मान्ने हो भने वार्षिक करिब १५ जना आरोहिले ज्यान गुमाउने गरेका छन्। नेपालमा हिम शिखर आरोहण गर्ने दुई सिजनमध्ये अप्रिल, मे र जुनलाई मुख्य सिजन मानिन्छ । आरोहणका लागि युरोपियन, अमेरिकनलगायत एसियन मुलुकबाट समेत आउने गरेका छन् ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd