महिला हिंसा विरुद्दको अन्तराष्ट्रिय दिवस अभियानका रुपमा कहिले मनाउने गरिन्छ ?
Sep 25 - Oct 10
Nov 25 - Dec 10
April 20 - April 30
March 5 - March 15
Option B
हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ ।
विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्यनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याङ्कले देखाउँछ । अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भईरहेको हुन्छ । महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती बेगैर उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरू यौनजन्य हिंसाभित्र पर्दछ । केटी जिस्क्याउनुलाई पुरूषार्थसँग जोडेर कम्मर कसेर जिस्क्याउने अल्लारे उस्तादहरुदेखि बाटोमा साईकल या मोटरसाइकल कुदाउँदा छेउमा महिला देखेर हर्न बजाउने अनि घुरेर हेर्ने अनेक क्रियाकलाप अथवा बानी तपाईहामी धेरैमा हुनसक्छ । एक पटक हामी अाफै सच्चिन पनि प्रयास गर्ने की?
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd