navbar brand

Quiz

28 Jan 2023, Sat
  • Pathshal Apps Shortcuts
    राशिफल
    Quiz
    Converter
    Dictionary
    Facebook Apps
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves
Bipina Poudel Education

महिला शिक्षाको सुरुवात

Question

महिला शिक्षाको सुरुवात कसको पालामा भएको थियो ?

Options
Option A

वीर शमशेर 

 

Option B

देव शमशेर 

Option C

चन्द्र शमशेर 

Option D

भीम शमशेर 

Correct Option

Option B

Explanation

नेपालमा महिला शिक्षा
शैक्षिक बिकासक्रमको दृष्टिकोणले नेपालको सन्दर्भमा भने औपचारिक आधुनिक शिक्षाको सुरुवात रानीपोखरीस्थित दरवार हाई स्कूल (भानु मा.वि.) को स्थापनासँगै बि.सं. १९१० बाट भएको हो । सुरुमा राणा परिवारको लागि मात्र खोलिएको उक्त विद्यालयमा बिस्तारै सर्वसाधारणले समेत प्रवेश पाउंदै गए । महिलाहरुले घरबाट बाहिर निस्कनु हुन्न भन्ने रुढिवादी परम्परा र सामाजिक सोच भएको तत्कालिन नेपाली समाजमा पुरुषहरुका लागि आधुनिक शिक्षा प्राप्त गर्न केहि सहज भएतापनि, महिलाहरुका लागि यस्तो अवसर पाउनु कठिन नै थियो ।

हाम्रो देशको सन्दर्भमा, बेग्लै विद्यालय स्थापना गरि महिला शिक्षाको सुरुवात गर्ने काम देवशमशेरको पालामा वि.सं. १९५८ बैशाख ३० गते देशका बिभिन्न स्थानमा कन्या पाठशाला खोलेर भएको देखिन्छ । यसैगरि चन्दशमशेरको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९८० असार २२ गते काठमाडौं, पाटन र भक्तपुरमा चारश्रेणीसम्मको पढाई हुने गरि १–१ वटा कन्या पाठशालाहरु खोलिएका थिए ।

ती विद्यालयहरुमा सिलाई, बुनाई, कताई र कटाई समेत सिकाईन्थ्यो भन्ने कुरा निजामती कितावखानामा भेटिएको तत्कालिन ललितपुर कन्या पाठशालामा शिल्पविद्या सिकाउने शिक्षिका ललितकुमारीको अभिलेखबाट पनि पुष्टि हुन्छ । समयको गति संगै वि.सं. २००३ सालमा कन्या मन्दिर मा.वि. को स्थापना भयो । भने, नारी शिक्षित नभई समाजको बिकास हुन सक्दैन भन्ने कुरालाई मनन गरि तत्कालिन राणा प्रधानमन्त्री श्री ३ पद्मशमशेर जवराले वि.सं. २००४ सालको श्रीपञ्चमीका दिन आफ्नै निजी भवन र १३ रोपनी जग्गामा पद्मकन्या विद्याश्रमको स्थापना गरेका हुन । अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरको पालामा पनि वि.सं. २००७ सालमा मोहन कन्या मिडिल स्कूल खोलिएको थियो ।

वि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना हुँदा नेपालको साक्षरता करिव २५ प्रतिशत थियो । त्यसबेला महिलाहरुको साक्षरता दर बेग्लै गणना गर्ने स्थितिमा नै थिएन । वि.सं. २००७ पछि भने देशभर विद्यालय खोल्ने लहरै चलेको देखिन्छ । नेपाल अधिराज्यका डिभिजनल इन्सपेक्टर कार्यालयबाट वि.सं. २०११ जेठ १ गते प्रकाशित भएको विद्यालय तालिकामा रहेका ६५ वटा विद्यालयहरुमध्ये महिलाहरुको मात्रै पढाई हुने विद्यालयहरुमा– कन्या मन्दिर मा.वि., पद्मकन्या विद्याश्रम मा.वि., कान्तिईश्वरी राज्यलक्ष्मी हाईस्कुल, मदन मेमोरियल गल्र्स हाईस्कुल, शारदा बालिका विद्यालय र कन्या हाईस्कुल धरान उल्लेखित छन् ।

त्यसताका महिलाहरुको लागि भनि खोलिएका मध्ये कतिपय विद्यालयहरु हालः सम्म आईपुग्दा बिभिन्न कारणले सहशिक्षामा गईसकेका छन भने, केहि विद्यालयले अझैसम्म आफ्नो ईतिहास र अस्थित्व जोगाउंदै देशको नारी शिक्षामा महत्वपूर्ण योगदान दिंदै आएका छन् । यस्ता विद्यालयमध्येको एक पद्मकन्या विद्याश्रम मा.वि., डिल्लीबजारले यहि २०७४ साल माघ ८ गते श्रीपञ्चमीका दिन आफ्नो स्थापनाको ७०औं बार्षिकोत्सव मनाउंदै छ ।

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd