नेपालमा उत्पादन हुने प्रमुख दलहन बाली कुन हो?
मास
मुसुरो
रहर
खेसरी
Option B
मुसुरो एक प्रकारको दलहन बाली हो । मुसुरोको प्रयोग दालको रूपमा पुरा दक्षीण एसियामा गर्ने गरिन्छ । यसको उत्पादन नेपालको तराइका विभिन्न भागमा हुने गर्दछ । । मुख्यतः शीत जलवायु भएको क्षेत्रमा उष्णकटिबंधीय एवं शीतोष्णकटिबन्धीय १८०० मीटर ऊंचाईको क्षेत्रमा यसको भरपूर खेती हुने गर्दछ । यो १५-७५ सेमी ऊँचा, सीधा, मृदु-रोमिल, शाकीय बोट हो। यसको फुल सानो, सेतो, बैंगनी अथवा गुलाबी वर्णको हुन्छ। यसको फल चिप्लो, कृष्ण वर्णको, ६-९ मिलीमीटर लामो हुन्छ । यसको पुष्पकाल डिसेम्बर देखि जनवरी तथा फलकाल मार्च देखि अप्रिलसम्म हुन्छ । यस्को बीजमा कैल्शियम, फॉस्फोरस, आयरन, सोडियम, पोटासियम, मैग्नीशियम, सल्फर, क्लोरीन, आयोडीन, एल्युमीनियम, कॉपर, जिंक, प्रोटीन, कार्बोहायड्रेट एवं विटामिन डी आदि तत्व पाइन्छ ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd