नेपालको राष्ट्रयगानमा कति ओटा शब्द छन् ?
56
50
46
52
Option C
राष्ट्रिय गान सामान्यतया देशभक्तिले भरिपूर्ण गीत हो जसले निश्चित देशको इतिहास, संस्कृति र जनताको सङ्घर्षलाई बयान गर्नुका साथै त्यस देशको सरकारको आधिकारिक मान्यता पाएर अथवा जनमानसवीचको चलनचल्तिले आधिकारिक राष्ट्रिय गीतको रूप लिएको हुन्छ। सयौं थुँगा फूलका हामी बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनौट कार्यदलले १,२९२ रचनाहरू मध्यबाट नेपालको राष्ट्रगानको रूपमा छनौट गरेको हो। यो गानका रचनाकार कवि व्याकुल माइला हुन् भने संगीतकार अम्बर गुरुङ हुन्। नेपालको राष्ट्रयगानमा ४ ६ ओटा शब्द छन् ।
सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd