सबै भन्दा धेरै मदन पुरस्कार पाउने को हुन् ?
बैरागी कहिला
सत्यमोहन जोशी
सिद्धिचरण श्रेष्ठ
रुप सिंह थापा
Option B
सत्यमोहन जोशी (जन्म वि. सं. १९७७ बैशाख ३०) नेपालका संस्कृतिविद् हुन् । उनले वि. सं. २०१३, वि. सं. २०१७ र वि. सं. २०२८ मा मदन पुरस्कार पाएका छन्। उक्त पुरस्कार ३ पटक पाउने उनी एक मात्र व्यक्ति हुन्।
नेपालका विभिन्न गाउँगाउँ गएर उनले विरही गीत संकलन गर्दै जाँदा उनले ‘लोक संस्कृति’ नामक पुस्तक लेखे। पछि गएर यही पुस्तकले वि. सं २०१३ सालमा मदन पुरस्कार पायो। मदन पुरस्कार गुठीको स्थापनाकालमा नै उनले उक्त पुरस्कार प्राप्त गरे। नेपालमा लिच्छवीकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोज तलास गरे र यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि वि. सं. २०१७ मा उनले दोस्रोपटक मदन पुरस्कार पाए। तेस्रोपटक वि. सं. २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाए। हालसम्म तीनपल्ट मदन पुरस्कार पाउने उनी एक्ला व्यक्ति हुन्।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd