गणतन्त्रनेपालका प्रथम रास्ट्रपति को हुन् ?
ज्ञानेन्द्रशाह
पुष्पकमलदाहाल
परमानन्दझा
डा. रामबरणयादव
Option D
डा. रामवरण यादव (जन्म २००४ साल माघ २२ गते) नेपालको प्रथम तथा भूतपूर्व राष्ट्रपति हुन्। उनी २०६५ साउनमा निर्वाचित भएका नेपालका प्रथम राष्ट्रपति हुन् । उनले यस अघि स्वास्थ्य मन्त्रीको रूपमा र नेपाली काँग्रेस पार्टीको महासचिवको रूपमा सेवा गरे ।
यादव बिसं २०४७ देखि २०५० सम्म नेपाली कांग्रेसको सरकारमा स्वास्थ्य राज्यमन्त्री थिए । उनी बिसं २०५६मा निर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्वारको रूपमा प्रतिनिधि सभाको लागि निर्वाचित भएका थिए। उक्त निर्वाचन पछि उनी स्वास्थ्यमन्त्री भए । बि.सं. २०६४ बैशाखमा, यादवको जनकपुर स्थित निवासमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका लडाकुहरूले आक्रमण गरे। उनीहरूले घरमा कब्जा गरेको एउटा सूचना दिए, यसमा आफ्नो झन्डा फहराए र एउटा बम राखे । बिसं २०६४ चैत्रको संविधान सभा निर्वाचनमा यादवले धनुषा ५ संसदीय क्षेत्रमा प्रतिस्प्रधा गरे । १०,३९२ मत प्राप्त गरेर त्यो स्थान जिते । पहिलो चरणमा भएको निर्वाचन स्तगित भएपछि, २०६५ साउन ६मा पुन दोस्रो चरणको निर्वाचन गराईयो । यस दोस्रो चरणको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उमेद्वार राम राजा प्रसाद सिंहलाई २८२ हराउदै उनी नेपालका प्रथम राष्ट्रपतिको रूपमा निर्वाचित भए । उनले संविधान सभा खसेको ५९० मत मध्ये ३०८ मत पाएका थिए । उनले बिसं २०६५ साउन ८ गते नेपालको प्रथम राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे । प्रधान न्यायाधीश केदारप्रसाद गिरीले उनलाई राष्ट्रपति भवन शितल निवासमा पद र गोपनीयताको शपथ दिलाए । शपथ ग्रहण समारोहमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला लगायत अन्य महानुभवहरू उपस्थित थिए। उनले पनि उपराष्ट्रपति परमानन्द झालाई शपथ गराए ।
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd