किरिया बस्दा आफ्नो भाषा मात्रा बोल्ने र अरु भाषा बोल्ने मानिससंग नबोल्ने नेपालको कुन जनजाति हो ?
छैरोतन
छन्त्याल
झागत
बनकरिया
Option D
वनकरिया जाति मकवानपुर जिल्लामा बसोबास गर्ने लोपोन्मुख जाति हो । झट्ट हेर्दा चेपाङ जस्ता होचा‚ रुपरंग‚ शैली र रितीरिवाज समेत उस्तै भएका उनीहरु मकवानपुर जिल्लाको हाँडिखोला गा.वि.स. को ट्वाङ्ग्रा भन्ने स्थानमा घरबार बनाई बसोबास गर्दछन् । नेपाल चेपाङ संघले वनकरिया जाति छुट्टै जाति नभएर चेपाङ नै भएको भन्छ भने केही वर्ष अघिदेखि मात्रै वन छोडेर समाजमा आई बस्न थालेका उनीहरु आफूलाई चेपाङ नभई छुट्टै वनकरिया जाति भएको बताउँछन् । गाउँमा बस्नुअघि उनीहरु चुरेघाँचमा बस्दथे भने उनीहरुलाई वनकरियाको नाममा नागरिकता प्रदान गरिएको छ ।
गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले वनकरिया सहित १० लोपोन्मुख जातिलाई मासिक रु. ५००।- भत्ता उपलब्ध गराउँदै आएको छ । वनकरिया जातिका अगुवा पुरुष गोपाल वनकरिया हुन् । उनीहरु हाल १३ घरधुरीमा ७० जनाको संख्यामा बसोबास गर्दछन् । हाँडिखोलाका वनकरियामध्ये ४ जनाले वनकरिया भाषा बोलेको भाषा विग्यानका प्राध्यापक दानराज रेग्मीले प्रकाशमा ल्याएपछि सो कुरा नेपाल राजपत्रको बुलेटिनमा २००८ नोभेम्बर ८ मा प्रकाशन भएको थियो ।
आदिवासी बनकरिया जातिले मादल, मुरली, ढ्याङग्रो, ढोलको लामो समयदेखि आफ्नो संस्कृतिका रूपमा अवलम्बन गर्दै आएका छन्
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd