navbar brand

Quiz

28 Jan 2023, Sat
  • Pathshal Apps Shortcuts
    राशिफल
    Quiz
    Converter
    Dictionary
    Facebook Apps
  • User Profile
    • image profile

      Hello Guest 👋 !

      Login Register
UI
Namaste, Guest Become a member?
  • Login
  • Register
  • Ask Question
  • Quick Access

    • Home
    • Questions
    • Profile
  • Questions

    • Ask Question
    • All Subjects
    • Accountancy
    • Astronomy
    • Biology
    • Chemistry
    • Computer
    • English
    • Environment
    • Geography
    • Geology
    • Health
    • History
    • Math
    • Nepali
    • Physics
    • Population
    • Social Studies
  • Exam Capsule

    • All Entrances
    • IOE Entrance
    • SEE Model Set
  • MCQ

    • GK Practice
    • Categories
    • Exam
    • Submit Quiz
  • Articles

    • Essay Contest
    • Latest
    • Health
    • Education
    • Sports
    • Abroad
    • Politics
    • Environment
    • Technology
  • Institutes

    • All Institutes
    • Schools
    • High Schools
    • Colleges
    • Tuition Centers
    • Library
  • Notices

    • Admission Open
    • Result
    • Loksewa
  • Top Topics

    • Electricity
    • Computer Fundamentals
    • Pressure
    • Heat
    • Waves
Bipina Poudel Fact and Figures

अन्तराष्ट्रिय पर्वतीय संग्रहालय

Question

अन्तराष्ट्रिय पर्वतीय संग्रहालय कहाँ पर्छ?

Options
Option A

मनाङ

Option B

काठमाडौँ

Option C

कास्की

Option D

सोलुखुम्बु

Correct Option

Option C

Explanation

पर्यटकीय नगरी पोखरामा रेहेको अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखराको लेखनाथ महानगरपालिका–१७, रातोपैरहामा २०६० माघ २२ गतेदेखि सञ्चालनमा आएको हो। पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा अत्याधुनिक प्रविधि डिजिटल गाइड लाइन जडान गरिएको छ। संग्रहालयको संपूर्ण जानकारी अब मानिसले नभई अत्याधुनिक प्रविधि डिजिटल गाइडले दिने गर्दछ । संग्रहालय अवलोकन गर्न आउने प्रत्येक अवलोकनकर्ताले डिजिटल गाइडमार्फत संग्रहालय परिसरमा प्रदर्शित प्रत्येक सामग्रीको जानकारी लिन सकिने दक्षिण कोरियाको प्रविधि जडान गरिएको हो। उक्त संग्रहालयमा एकै दिनमा ३ हजार ५ सय जनासम्म पर्यटकहरु आउने हुँदा उनीहरुलाई गाइडले जानकारी गराउँदा झन्झटिलो, खर्चिलो र समय धेरै लाग्ने हुँदा मोवाइल ऐप्सको प्रयोग गरिएको हो। एनड्रोइड र एप्पलको आइओस दुबैमा चल्ने उक्त मोवाइल गाइडमा नेपाली, अंग्रेजी, कोरियन भाषामा संग्रहालयमा राखिएका बस्तुहरुको परिचय तथा विवरण हेर्न, पढ्न र सुन्न पाइने ब्याबस्था गरिएको छ । पर्वतीय संग्रहालयले हिमाल र हिमालीको जनजीवन तथा हिमाल चड्ने आरोहीहरुको बारेमा ज्ञान लिन र अरु अध्यन गर्न  सहयोग गरेको छ । पर्वतारोहण संघले खरिद गरेको १ सय रोपनी जग्गामध्ये लगभग चार रोपनी क्षेत्रफलमा फैलिएको २ तल्ले संग्रहालय भवनमा विश्वका ८ हजारभन्दा बढी उचाइ भएका १४ हिमचुचुरा एवं आरोहण क्षेत्रमा हालसम्म भएगरेका गतिविधिका तस्वीरसहित प्रयोग भएका सामग्री र सो क्षेत्रमा बसोबास गर्ने पर्वतीय मानिसको जनजीवन झल्कने सामग्री प्रदर्शन गरिएको छ ।

संग्रहालयको भवनमा पर्वतारोहण, पदयात्री, स्कीइङ, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवम् ऐतिहासिक पक्ष, उपकरण र जानकारीमूलक सामग्री प्रदर्शन गरिएको छ । बाहिरी भागमा क्लाइमिङ्गवाल र मनास्लु हिमालको प्रतिरुपका साथै निकट भविष्यमा ८ हजार मिटर भन्दा अग्ला सबै हिमालको नमुना तयार गरेर संग्रहालय क्षेत्रलाई थप आकर्षक बनाउने तयारी गरिएको छ । अबलोकनमा आउने मध्ये विद्यार्थीको संख्या अत्याधिक रहन्छ । अहिलेसम्म लाखौ लाख विद्यार्थीले सग्रहालयको अवलोकन गरिसकेका छन् । ‘विद्यालयको शैक्षिक भ्रमणको लागि यो संग्रहालय एक प्रमुख गन्तब्य बनेको छ । अबलोकनको लागि आउने विदेशी पर्यटकहरुको यो एक आकर्षक गन्तब्य हुने गरेको छ ।

नेपालको जातीय संस्कृति र परम्परा अध्ययन गर्न सकिने गरी विभिन्न जातीय भेषभूषामा सजिएका मानिसका डमी संग्रहालयमा राखिएको छ । संग्रहालय भवनभित्र श्रव्य दृश्य कक्ष, पुस्तकालय, सभा सम्मेलन कक्षको सुविधा छ । ३१ मिटर अग्लो मनास्लु हिमालको नमूना, आर्टिफिसियल बाल क्लाइम्बिङ, प्राकृतिक तथा शृङगारिएको भू–धरातल, पोखरी तथा चट्टानी बगैँचा, नेपाली गाउँघरको आकर्षक नमुना पनि संग्रहालयको आकर्षण बनेको छ । संग्रहालयमा चारओटा प्रदर्शनी कक्ष अन्तर्गत १२ वटा सहायक कक्षको व्यवस्था छ । विश्वका थुप्रै भेषभूषा झल्काउने पर्वतीय मानव कक्ष, हिमालसम्बन्धी जानकारी दिने पर्वतीय कक्ष, पर्वतीय क्रियाकलाप कक्ष, र सहयोगी तथा समसामयिक कक्षहरुको संग्रहालयमा छन् । सानो तथा ठूलो पर्दाका फिल्म तथा म्युजिक भिडियो सुटिङका लागि पनि संग्रहालय उपयुक्त स्थल बनेको छ ।

Popular Tags: 7 Days

  • development
  • political change
  • mediterranean climate region
  • winter rainfall
  • compound interest
  • Advantages of saving
  • egg sinks in pure water but floats in the salt solution
  • Cooperative
  • principles
  • functions of Legislature
  • secular
  • secular country
  • secularism
  • secularism in nepal

Search

Quick Links
  • About Us
  • Terms of Use
  • Privacy Policy
  • Cookie Policy
  • Advertise With Us
  • FAQs
Our Products
  • Educational Institutes
  • Question & Answers Community
  • Online Course/Notes
  • Educational Utilities
  • Social Networking
  • Educational Store
Contact Us
Address:
Pryag Pokhari, Lagankhel, Lalitpur Nepal
Email:
[email protected]
Phones:
9745619281 or +977-9840704915

PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280

© 2020. All right Reversed.E. Pathshala Pvt Ltd