यौनमनोवैज्ञानिक कथाकारका रूपमा प्रसिद्धि पाएका कथाकार कोइरालाले लेखेको मनोवैज्ञानिक कथा 'दोषी चस्मा' शीर्षक र कथावस्तुका बीच आपसमा राम्रो तालमेल रहेको छ | यस कथामा न त केशवराज दोषी छ न त जर्साब नै दोषी छन् | दोष छ त केवल केशवराजको चस्माको, यदि उसको चस्माको पावर ठीक भएको भए यस्तो अप्ठ्यारोमा पर्ने थिएनन् | उनी यति धेरै पिरमा पनि पर्ने थिएनन् | चस्माले जर्साबको गाडीको नम्बर र गाडीभित्र बसेका जर्साबलाई समेत राम्रोसँग चिन्न नसकेकोले नै कथामा देखाइएको परिस्थिति सिर्जना भएको पाइन्छ | त्यसैले यस कथाको शीर्षक सार्थक नै देखिन्छ |