संसारमा भएका विभिन्न मुलुकहरूमा आ-आफूलाई सुहाउँदो किसिमको संविधान, कानुन, नीति, नियम, व्यवस्था पद्धति तर्जुमा र कार्यान्वयन गरेको पाइन्छ | उपर्युक्त कुराहरू कुनै राम्रा पनि हुन सक्छन् भने कुनै नराम्रा पनि हुन सक्छ्न् | राम्रा जतिलाई यथावत राखेर नराम्रा जतिलाई चाहिँ समयनुसार फेर्दै, सुधार्दै लैजानुपर्ने हुन्छ | कसैलाई अनुपयोगी ठहरिएको नीतिनियम अर्को कसैलाई उपयोगी भइरहेको पनि हुन्छ | यस्तो अवस्थामा स्वीकार गर्ने र स्वीकार नगर्ने दुई पक्षको निर्माण हुन जान्छ | यी दुई पक्षक बीचमा क्रान्ति पनि हुन्छ | मुलुकको हितलाई ध्यानमा राखेर अघि बढ्ने क्रममा मुलुकका केही व्यक्तिहरूको मृत्यु पनि हुनसक्छ | यसबाट यो प्रष्ट हुन्छ कि कुनै मुलुकमा परिवर्तन गर्नु छ, सुधार गर्नु छ भने देशका केही वीर नागरिकहरूले आफूलाई बलिदान गर्न सक्नुपर्छ अन्यथा मुलुक बन्दैन |